दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी नेपाल भित्राउँदै गरेको छालाको बुट प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ५५ हजार ५ सय मुल्य पर्ने ३७ वटा छालको बुट सोमबार बरामद गरेको हो ।
गस्ती टोलीलाई देख्ने वित्तिकै टाउकोमा रहेको बोरा फ्याली मानिसहरु फरार भएकोमा उक्त बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र छालाको बुट बरामद भएको थियो ।
यस्तै प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी मोटरसाईकल नम्बर नखुलेको मोटरसाईकलबाट ८२ हजार मुल्य पर्ने मिठा मधु नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाइकलमा लोड गरि ल्याउदै गरिएको बोराहरु छोडी मानिसहरु फरार भएका थिए । बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र अंगुरी मिठा मधु फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरि प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउँदै गरेको ६४ हजार ४ सय ५० रुँपैया बराबरको जाडोका कपडाहरु नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरको गस्ती टोलीले उक्त कपडाहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता बरामद बुट, मिठा मधु र कपडा समेतलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
भन्सार छलि ल्याउँदै गरेको छालाको बुटसहित जाडोको कपडा बरामद
सारांश
- दैनिक समाचारदाता राजविराज, २४ पुस ।
- भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी नेपाल भित्राउँदै गरेको छालाको बुट प्रहरीले बरामद गरेको छ ।
- प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ५५ हजार ५ सय मुल्य पर्ने ३७ वटा छालको बुट सोमबार बरामद गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया