कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै

राजविराज राजविराज
|
सोमबार, मंसिर १५, २०७७
|
|
३९ पटक हेरिएको
Shares
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै

सारांश

  •     जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट समेत सुरक्षा दिनेगरि निर्माण कार्य भइरहेको छ ।
  • दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था पनि गर्न लागेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।
  •       घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छाना भएको कोठाहरु निर्माणमा संस्थालाई मुख्य सहयोगि एवं साझेदारी संस्थाको रुपमा रहेको ह्याविटेट फर हयुमिनिटी तथा शम्भुनाथ नगरपालिकाले आर्थिक रुपमा सहयोग गरिरहेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 
    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण कार्य भइरहेको छ । 
    जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट समेत सुरक्षा दिनेगरि निर्माण कार्य भइरहेको छ । दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था पनि गर्न लागेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् । 
    घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छाना भएको कोठाहरु निर्माणमा संस्थालाई मुख्य सहयोगि एवं साझेदारी संस्थाको रुपमा रहेको ह्याविटेट फर हयुमिनिटी तथा शम्भुनाथ नगरपालिकाले आर्थिक रुपमा सहयोग गरिरहेको उनले बताए । 
    यता नगरपालिकासँगको समन्वयमा एलानी जग्गामा निर्माण गर्न लागिएको घरमा विद्युत, स्वच्छ खानेपानी सेवाका साथै जग्गा भोगाधिकार सम्बन्धी आवश्यक प्रक्रिया सुरु गर्नका लागि आइतबार केन्द्रले एक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरि सहयोगका लागि सबैपक्षसँग आग्रह गरेको संस्थाका उपाध्यक्ष आशाकुमारी चौधरीले जानकारी दिए ।
    कार्यक्रमका मुख्य सहयोगि एवं साझेदार संस्था ह्याविटेट फर हयुमिनिटी नेपालका इन्जिनियर राजिव बर्माले प्रति घर झण्डै ३ लाख २५ हजार लागत पर्ने अनुमान गरिएको बताउँदै विपद्का बेला जोखिमबाट जोगिन अहिले बन्दै गरेको भवन सुरक्षित हुने उनको दाबी छ ।
    मुख्य साझेदार संस्था ह्याविटेट फर हयुमिनिटि नेपालका प्रतिनिधि रामप्रसाद सिंह दनुवारले सुरक्षित आवासमा सबैको पहुँच पु¥याउने उद्देश्यले यस कार्यक्रमलाई भावी दिनमा सिरहा र धनुषातर्फ पनि बिस्तार गर्ने योजनाका साथ गृहकार्य भइरहेको जानकारी दिए । 
    यसैबीच आफ्नै आगनमा बन्दै गरेको सुरक्षित भवन देखेर सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टीकी ५० वर्षिया लक्ष्मीदेवी सदाय भनिन्, “अब वर्षा, हावाहुरी तथा अन्य विपद्बाट जोगिन संस्थाले बनाइदिएको नयाँ घरबाट निकै खुशी र हर्षित छु ।”
    यस्तै सोही बस्तिका धर्मदेव सदायले वर्षेणी बाढीका कारण घरबार छाडेर सुरक्षित स्थानमा भाग्नु पर्ने बाध्यता अब हट्ने सोचेर उनी पनि दंग छन् । 
    विगत १२ वर्षदेखी आवास क्षेत्रमा काम गर्दै आएको केन्द्रले हालसम्म अतिविपन्न तथा दैवी प्रकोपमा परेका पीडित परिवारका लागि सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा गरि कुल ४ हजार ३ सय ३५ घर निर्माण गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
बरहीबिरपुरलाई मिथिला कपको उपाधी 
बरहीबिरपुरलाई मिथिला कपको उपाधी 
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम