दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिकाबाट प्रहरीले दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. १ का अनोज कुमार केसी र घनश्याम राउत छन् ।
वडा नं. १ पन्द्रकठ्ठेमा लागु औषधको कारोबार भइरहेको सूचना पाएपछि भेडिया इलाका प्रहरी कार्यालयको टोलीले खानतलासी पछि दुबै जनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले खानतलासी गर्दा स्पास्मो पिआरप्राक्सोभोआ उगिक लेखिएको २ सय २४ थान ट्याब्लेट, डायलेकस डिसी लेखिएको १ सय ५९ बोतल कोरेक्स र २ सय ग्राम गाँजा बरामद गरेको हो ।
बरामद गरिएका लागुऔषध र दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार सप्तरी जिल्ला अदालतवाट म्याद लिई थप गराई अनुसन्धानको कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागू औषधसहित दुई पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.
- १ का अनोज कुमार केसी र घनश्याम राउत छन् ।
- वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया