रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए

राजविराज राजविराज
|
सोमबार, जेठ १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
रामनगरका ५ सय परिवारले  बल्ल बत्ति बाल्न पाए

सारांश

  •     गत आर्थिक वर्षदेखी नै “उज्याला क्रान्ति” को नाम दिएर गाउँपालिका अध्यक्ष दयानन्द गोइतले थालेका विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ ।
  • सो वडामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गोइतले बत्ति बालेर बिद्युतीकरणको शुभारम्भ गरे ।
  •       साविकको रामनगर गाविस हाल बलान विहुल गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १३ जेठ । 
    सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ५ मा सोमबार विद्युतीकरण कार्य सम्पन्न भएको छ । 
    गत आर्थिक वर्षदेखी नै “उज्याला क्रान्ति” को नाम दिएर गाउँपालिका अध्यक्ष दयानन्द गोइतले थालेका विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । सो वडामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गोइतले बत्ति बालेर बिद्युतीकरणको शुभारम्भ गरे । 
    साविकको रामनगर गाविस हाल बलान विहुल गाउँपालिका वडा नं. ५का ५ सय घरपरिवारले सोमबारदेखी बत्तिको उज्यालो पाएका छन् । चालु आर्थिक वर्षमै बाँकी रहेको एउटा वडाको दुई टोलमा बाँकी रहेको विद्युतीकरणको काम सम्पन्न गरेर गाउँपालिकालाई विद्युतीकरण घोषणा गरिने जनाइएको छ । 
    जिल्लाको अति दुर्गम र विकासबाट बञ्चित रहेको उक्त गाउँपालिकामा गत आर्थिक वर्षदेखी द्रुत गतिमा बिकासीय कार्यलाई अगाडी बढाइरहेको अध्यक्ष गोइतले बताए । यस्तै सो गाउँपालिकामा सडक बिस्तारको कार्य समेत सम्पन्न भइसकेको छ । 
    बिजुली बत्ति र सडक विस्तारमा गाउँपालिकाले अधिंकाश बजेट बिनियोजित गरेर जनतालाई विकासको अनुभूती गराएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?