दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि राजविराजमा एक संस्थाले तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी मनाएको छ ।
मनोबल उच्च राख्न र प्रोत्साहन गर्ने उद्देश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले मंगलवार “शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान” कार्यक्रम गरेको हो ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहभागी गराई उनीहरु बीच चित्रकला प्रतियोगिता गराएर शुभकामना आदान प्रदान गरिएको छ । उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाका साथै उनका अभिभावकको समेत उपस्थिती रहेको आयोजक संस्था बौद्धिक अपाङ्गता अभिभावक संघका निमित्त अध्यक्ष राजेश परियारले बताए ।
चित्रकलाका माध्यमबाट पनि उनीहरुमा हौसला र स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम रोजिएको उनले सुनाए ।
कार्यक्रम संयोजक ज्ञानेन्द्र कुमार झाका अनुसार प्रतियोगितामा बौद्धिक अपाङ्गता भएका १९ जना बालबालिका सहभागि भएकोमा भोला राम, (प्रथम), पुनम शर्मा, (दृतिय) तथा बैजु मण्डल (तृतिय) भएका छन । विजयी बालबालिकाहरुलाई पुरस्कार स्वरुप उनीहरुले प्रयोग गर्न सक्ने खालका शैक्षिक समाग्री प्रदान गरिएको कार्यक्रम संयोजक झाले बताए ।
सो अवसरमा आयोजक संस्थाका उपाध्यक्ष महेश्वर ठाकुर, आरती मण्डल, विमला परियारका साथै अभिभावक बद्री नारायण साह, बिना श्रेष्ठ, सुजिता झा, अनिता देवी महतो लगायतले शुभकामना दिएका थिए ।
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
सारांश
- मनोबल उच्च राख्न र प्रोत्साहन गर्ने उद्देश्यले बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले मंगलवार “शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान” कार्यक्रम गरेको हो ।
- बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहभागी गराई उनीहरु बीच चित्रकला प्रतियोगिता गराएर शुभकामना आदान प्रदान गरिएको छ ।
- उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाका साथै उनका अभिभावकको समेत उपस्थिती रहेको आयोजक संस्था बौद्धिक अपाङ्गता अभिभावक संघका निमित्त अध्यक्ष राजेश परियारले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया