कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
२० पटक हेरिएको
Shares
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने

सारांश

  •     कोरोनाको त्राससँगै यस पटक तराई मधेशमा होली पर्व मंगलबार परेको हुनाले कतिपय व्यक्तिले सो दिन उपवास गर्ने गर्दछन् ।
  • जसले गर्दा पनि यस पटकको होली खल्लो हुने भएको छ ।
  •       होली पर्वमा मांसाहारी भोजन गर्ने चलन रहेपनि यस पटक मंगलबार अधिकांश मधेशी समुदायले माछा मासु नखाने र उपबास बस्ने गरेका कारण होलीको उत्साहमा कमी आएको हो ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
    नोभेल कोरोना भाइरसको त्रासबीच यस पटकको होली पर्व खल्लो हुने भएको छ । 
    कोरोनाको त्राससँगै यस पटक तराई मधेशमा होली पर्व मंगलबार परेको हुनाले कतिपय व्यक्तिले सो दिन उपवास गर्ने गर्दछन् । जसले गर्दा पनि यस पटकको होली खल्लो हुने भएको छ । 
    होली पर्वमा मांसाहारी भोजन गर्ने चलन रहेपनि यस पटक मंगलबार अधिकांश मधेशी समुदायले माछा मासु नखाने र उपबास बस्ने गरेका कारण होलीको उत्साहमा कमी आएको हो । 
    काठमाडौंसहित पहाडी जिल्लामा सोमबार होली मनाईदै छ । यता होलीका लागि प्रदेश २ सरकारले मंगलबार र बुधबार दुई दिने सार्वजनिक विदा दिएको छ । 
    यस्तै यस पर्वमा प्रयोग गरिने रंग, अबिर, फुचकारी, बैलुन तथा प्रसाद र विभिन्न परिकार सामग्रीहरुको मुल्य पनि आकाशिएकाले सर्वसाधारणलाई पिरोलेका छन् । स्थानिय बजारमा त्यस्ता सामग्रीहरुको मुल्य अत्याधिक रहेको छ । महंगी नियन्त्रणको प्रयास कतैबाट नहुँदा पनि यस पटकको होली पर्वको तयारी उत्साहजनक हुन सकेको छैन ।
    यसैबीच कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासन र स्थानिय तहहरुले होली कार्यक्रम आयोजना नगर्न र सहभागी नहुन आग्रह गरेका कारण पनि होली उत्साहमा कमी आएको छ । 
    सप्तरीमा होलीका अवसरमा करिब आधा दर्जन कला तथा सांस्कृतिक समुहले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका थिए । तर, यस पल्ट सवै कार्यक्रम रद्द गरिएको छ । 
    कोरोना भाईरसको बढ्दो संक्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय सप्तरी तथा विभिन्न स्थानिय तहले सभा, सम्मेलन, भेला, सार्वजनिक कार्यक्रम नगर्न भन्दै भिडभारमा सामेल नहुन र सर्तकर्ता अपनाउन अनुरोध गरेपछि यस पटक होली महोत्सव कार्यक्रम समेत रद्द गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?