दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
७४ पटक हेरिएको
Shares
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम

सारांश

  •     जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेखी यादवलाई उनका देवर र भतिजाले कुटपिट गर्दै हात भाचिदिएका छन् भने विष्णुपुर गाउँपालिका वडा नं.
  • ६ रन्जितपुर बस्ने १५ वर्षिया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ ।

दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
    लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहदा सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ । 
    जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेखी यादवलाई उनका देवर र भतिजाले कुटपिट गर्दै हात भाचिदिएका छन् भने विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुर बस्ने १५ वर्षिया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ । ती दुबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ ।  तिलाठी कोइलाडी ६ बभनगामाकी बुलबुलले देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागी नम्बरी जग्गा नछाडिएको भन्दै बिहीबार राती बाँसको भाटा र फलामे रडले हिर्काएर घाइते बनाएका छन् । उनको दुबै हात भाचिएको छ भने टाउँकोमा ९ वटा टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । 
    मजदुरी गरि गुजारा चलाउँदै आएको र पति जगदिश घरमा नभएको बेलामा देवर र भतिजा मिलेर निर्घात कुटपिट गरेको बुलबुल देवीले बताईन् । 
    यता बिहीबारै राती विष्णुपुर गाउँपालिका ६ रन्जितपुरकी १५ वर्षिया कल्पना मुखियालाई छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल राख्न नदिएको भन्दै निर्घात कुटेका छन् । आफ्नो घरको छानो कमजोर रहेको भन्दै कल्पनाले हटाउन खोज्दा सुरज र पुसोले बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडित किशोरीका आफन्तले बताएका छन् । जिउभरी निलडाम रहेको र बेहोस अवस्थामा कल्पनालाई गाउँलेको मद्दतबाट अस्पताल भर्ना गरिएको छ । 
    ती दुबै घटनाका आरोपित फरार रहेको र उनीहरुको ब्यापक खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
विद्यापती स्मृती पर्वमा रक्तदान
विद्यापती स्मृती पर्वमा रक्तदान
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल 
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल