दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहदा सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेखी यादवलाई उनका देवर र भतिजाले कुटपिट गर्दै हात भाचिदिएका छन् भने विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुर बस्ने १५ वर्षिया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ । ती दुबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ । तिलाठी कोइलाडी ६ बभनगामाकी बुलबुलले देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागी नम्बरी जग्गा नछाडिएको भन्दै बिहीबार राती बाँसको भाटा र फलामे रडले हिर्काएर घाइते बनाएका छन् । उनको दुबै हात भाचिएको छ भने टाउँकोमा ९ वटा टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।
मजदुरी गरि गुजारा चलाउँदै आएको र पति जगदिश घरमा नभएको बेलामा देवर र भतिजा मिलेर निर्घात कुटपिट गरेको बुलबुल देवीले बताईन् ।
यता बिहीबारै राती विष्णुपुर गाउँपालिका ६ रन्जितपुरकी १५ वर्षिया कल्पना मुखियालाई छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल राख्न नदिएको भन्दै निर्घात कुटेका छन् । आफ्नो घरको छानो कमजोर रहेको भन्दै कल्पनाले हटाउन खोज्दा सुरज र पुसोले बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडित किशोरीका आफन्तले बताएका छन् । जिउभरी निलडाम रहेको र बेहोस अवस्थामा कल्पनालाई गाउँलेको मद्दतबाट अस्पताल भर्ना गरिएको छ ।
ती दुबै घटनाका आरोपित फरार रहेको र उनीहरुको ब्यापक खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
सारांश
- जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
- ६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेखी यादवलाई उनका देवर र भतिजाले कुटपिट गर्दै हात भाचिदिएका छन् भने विष्णुपुर गाउँपालिका वडा नं.
- ६ रन्जितपुर बस्ने १५ वर्षिया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया