राजविराज÷दुर्घटनामा मृत्यु भएका गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका सवारी चालक छोटेलाल यादवका परिवारलाई शनिबार अस्पतालको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
दुई साताअघि मंसिर २३ गते उनको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले दुई दिनको तलब कटाएर सहयोग स्वरुप संकलन गरेको २ लाख ६० हजार रुँपैया मृतककी पत्नी सुनितालाई उनको घरमै पुगेर मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले प्रदान गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै मेसु झाले मृतकका दुई छोराछोरीलाई १० कक्षासम्म पढाई खर्च आफ्नो तर्फबाट बेहोरिदिने घोषणा समेत गरेका छन् । यस्तै ६ वर्षका छोरा र ४ वर्षकी छोरी रहेको मृतक यादवकी धर्मपत्नी सुनितालाई उनको योग्यता अनुसारको अस्पतालमै जागिर मिलाईदिने समेत उनले प्रतिबद्धता जनाएका छन् ।
सो अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, जसपाका केन्द्रिय सदस्य दिनेश कुमार यादव, अस्पतालकी डा. दिपा यादव, स्टोर प्रमुख कामेश्वर रोहिता तथा कर्मचारी र स्वास्थ्यकर्मीको उल्लेख्य उपस्थिती रहेको थियो ।
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
सारांश
- सो अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, जसपाका केन्द्रिय सदस्य दिनेश कुमार यादव, अस्पतालकी डा.
- दिपा यादव, स्टोर प्रमुख कामेश्वर रोहिता तथा कर्मचारी र स्वास्थ्यकर्मीको उल्लेख्य उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया