तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
४७ पटक हेरिएको
Shares
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव

सारांश

  •     सोमबार सप्तरी क्रिकेट संघको चौथो साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले सो जानकारी दिएका हुन् ।
  •       मन्त्रि यादवले राजविराजस्थित पविमाविको खेल मैदानको स्तरोन्नतीका लागि ५० लाख तथा राजरंशालाको पुर्ननिर्माणका लागि १ करोड रकम बिनियोजित गरेको बताए ।
  • उनले राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।

    मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रि महेश प्रसाद यादवले सप्तरीको खेलकुद क्षेत्रमा विकासका लागि चालु आ.ब.मा १ करोड ७५ लाख रकम बिनियोजित गरेको जानकारी दिएका छन् ।  
    सोमबार सप्तरी क्रिकेट संघको चौथो साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले सो जानकारी दिएका हुन् । 
    मन्त्रि यादवले राजविराजस्थित पविमाविको खेल मैदानको स्तरोन्नतीका लागि ५० लाख तथा राजरंशालाको पुर्ननिर्माणका लागि १ करोड रकम बिनियोजित गरेको बताए । उनले राजविराज वडा नं. २ मा क्रिकेट ऐकेडेमीका लागि २५ लाख रकम समेत बिनियोजित गरेको जानकारी दिए ।
    सभामा बोल्दै उनले राजरंगशालालाई तीन वर्षभित्र पूर्ण रुपमा खेलमैदानको लागि तैयारी गर्ने लक्ष्य राखेको बताए । मधेश प्रदेश सरकारले ११ औं राष्ट्रिय प्रतियोगिता गराउन जिम्मा पाएकोमा सोही अनुसार तीन वर्षभित्र रंगशालालाई पूर्ण रुपमा निर्माण गरि उक्त प्रतियोगिता गराउने आफ्नो लक्ष्य रहेको उनको भनाई थियो । 
    यस्तै वडा नं. २ मा क्रिकेट ऐकेडेमी निर्माण भएपछि भविष्यमा त्यसलाई प्रदेश स्तरिय ऐकेडेमीको रुपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सोही सभामा मन्त्रि यादवले खेलकुद ऐन यसै महिनाभित्र निर्माण भइसकेपछि खेलकुद क्षेत्रमा विकास गर्न सहज हुने बताए । 
    मन्त्रि यादवले खेलकुद ऐन निर्माण भइसकेपछि प्रदेश र जिल्ला स्तरिय खेलकुद विकास समितिमा हुने गरेको राजनीतिक भर्ति केन्द्र पूर्णरुपले बन्देज लगाउने बताउँदै ती समितिहरुमा खेलकुदमा लागेका व्यक्तिहरुलाई मात्र नियुक्ती गर्ने योजना रहेको जिकिर गरे । 
    खेलकुदमा प्रशिक्षकहरुलाई नयाँ प्रविधिसँगै तालिमको व्यवस्था गर्ने जानकारी दिँदै उनले १० औं राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशका खेलाडीहरुलाई प्रदेश सरकारले नै प्रशिक्षित गर्ने जनाए । 
    सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा मधेश प्रदेशका सभासद् सतिशकुमार सिंह, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष, केन्द्रिय सदस्य लगायतका सप्तरी क्रिकेट संघका सदस्यका तर्फबाट राजेशकुमार झाले शुभकामना व्यक्त गरेका थिए भने संघका सचिव चन्दनकुमार यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
चुनावी मैदानमा चार पत्रकार
चुनावी मैदानमा चार पत्रकार
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
कोशी पलारमा बालिका मृत फेला
कोशी पलारमा बालिका मृत फेला

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?