स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १५, २०७८
|
|
३१ पटक हेरिएको
Shares
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 

सारांश

  •     सरोकारवालाहरुसँग मतदाता नामावली अद्यावधीक (दाबी विरोध समेत) सम्बन्धि आइतवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी निर्वाचन कार्यालयले सो तालिका सार्वजनिक गरेको हो ।
  •       सार्वजनिक कार्यतालिका अनुसार फागुन १९ गते निर्वाचन कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गरिने भएको छ भने फागुन २० गते मतदाता नामावलीमा दोहरो नामावली भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका, वसाई सराई गरेका लगायतका विषयमा त्रूटि सच्याउन वा दाबी विरोध गर्ने समय तोकिएको छ ।
  •       यस्तै फागुन २४ गते प्राप्त उजुरी र निवेदनको छानवीन गरी कानुन बमोजिम प्रक्रिया पुरा नगरेका मतदाताको नाम सुचीबाट हटाउने र फागुन २५ गते त्रुटी सच्याएर मतदाता नामावली प्रकाशन गर्ने तथा फागुन २६ गते दोहरो नाम परेका सम्बन्धमा प्राप्त निवेदनको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधीक भएको तथ्याङ्क संगै निर्वाचन आयोगमा पठाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 
    जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तहको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक गरेको छ । 
    सरोकारवालाहरुसँग मतदाता नामावली अद्यावधीक (दाबी विरोध समेत) सम्बन्धि आइतवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी निर्वाचन कार्यालयले सो तालिका सार्वजनिक गरेको हो । 
    सार्वजनिक कार्यतालिका अनुसार फागुन १९ गते निर्वाचन कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गरिने भएको छ भने फागुन २० गते मतदाता नामावलीमा दोहरो नामावली भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका, वसाई सराई गरेका लगायतका विषयमा त्रूटि सच्याउन वा दाबी विरोध गर्ने समय तोकिएको छ । 
    यस्तै फागुन २४ गते प्राप्त उजुरी र निवेदनको छानवीन गरी कानुन बमोजिम प्रक्रिया पुरा नगरेका मतदाताको नाम सुचीबाट हटाउने र फागुन २५ गते त्रुटी सच्याएर मतदाता नामावली प्रकाशन गर्ने तथा फागुन २६ गते दोहरो नाम परेका सम्बन्धमा प्राप्त निवेदनको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधीक भएको तथ्याङ्क संगै निर्वाचन आयोगमा पठाउने कार्यतालिका सार्वजनिक गरेको छ । 
    कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले बैशाख २९ सम्म मतदान गर्ने उमेर पुगेकालाई समावेश गरिने बताए । उनले माघ २४ सम्म चलेको मतदाता नामावली संकलन अभियान अन्तर्गत नाम लेखाएर बैशाख २९ सम्म १८ वर्ष पुृरा गरेका सबैले मतदान गर्न पाउने बताए । मतदान संकलन अभियानका क्रममा थपिएका ६० हजार ७ सय ९ मतदाता सहित जिल्लामा २ लाख २१ हजार १ सय पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रो लिंगी गरी कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको कार्यक्रममा उनले जानकारी दिए ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकार जर्नादन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवका साथै विभिन्न राजनीतिक दलका प्रतिनीधी, संचारकर्मी, अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनीधी लगायतले पनि अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन गरिनु पर्ने कामहरुबारे आ–आफ्नो सुझाव राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?