डुमरी शिवथानमा बैकल्पिक कक्षा संचालन

राजविराज राजविराज
|
मंगलबार, आश्विन २७, २०७७
|
|
५२ पटक हेरिएको
Shares
डुमरी शिवथानमा बैकल्पिक कक्षा संचालन

सारांश

  •     सोही अनुसार राजबिराज नगरपालिका वडा नं.
  • १ स्थित राष्ट्रिय आधारभुत बिद्यालय डुमरी शिवथानका बिद्यार्थीहरूका लागि बैकल्पिक कक्षा संचालन गरिएको छ ।
  •     सो स्थानमा रहेको दुई टोल डुमरी र शिवथानका विभिन्न ५ स्थानमा बिधार्थीहरूका लागि कक्षा संचालनमा ल्याइएको बिद्यालयका प्रधानाध्यापक धनिलाल साहले जानकारी दिएका छन ।

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
    कोरोना महामारीका कारण झण्डै ७ महिनादेखी शैक्षिक संस्था बन्द रहेको अबस्थामा स्थानिय निकायहरूले बैकल्पिक समुहगत कक्षा संचालन गरेका छन् ।
    सोही अनुसार राजबिराज नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय आधारभुत बिद्यालय डुमरी शिवथानका बिद्यार्थीहरूका लागि बैकल्पिक कक्षा संचालन गरिएको छ ।
    सो स्थानमा रहेको दुई टोल डुमरी र शिवथानका विभिन्न ५ स्थानमा बिधार्थीहरूका लागि कक्षा संचालनमा ल्याइएको बिद्यालयका प्रधानाध्यापक धनिलाल साहले जानकारी दिएका छन ।
    असोज १५ गतेदेखि संचालनमा ल्याइएको समुहगत कक्षामा २० देखि २५ जना सम्म बिद्यार्थीहरूलाई राखेर पठनपाठन संचालन गर्दै आएको उनले बताए ।
    स्वास्थ्य मन्त्रालय अनुसार समाजिक दुरी कायम गर्दै सबै समुहका बिद्यार्थीलाई माक्स, सेनिटाईजर, साबुन पानीसहित बस्न त्रिपाल समेतको ब्यबस्थापन गरिएको प्रअ साहले बताए ।
    सो समूहगत कक्षा संचालनकालागि राजबिराज नगरपालिकाले भदौ ३१ गतेको नगरस्तरिय प्रअको बैठकको निर्णय अनुसार प्रत्येक समुहमा बिद्यालयका एक शिक्षकको जिम्मेवारी दिएर कक्षा संचालनमा ल्याइएको प्रअ साहको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
सेनाको ग्रासरुट फुटवलमा  बालबालिकाको आकर्षण बढ्दोे
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै 
बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते