दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले किसानहरुको आन्दोलनको बिरोधमा आफूहरु नरहेको बताएका छन् ।
आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जनमत पार्टीद्वारा आफु र आफ्नो पार्टीलाई किसान विरोधी भनी लगाइएको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले किसानको समस्याबारे आफु पूर्ण जानकार रहेको बताउदै यसका लागी नगरपालिकाको श्रोत साधनले भ्याए सम्म सहयोग गरिरेको दाबी समेत गरे ।
गत पुष १० गते शनिवारका दिन जनमत पार्टीले हनुमानगर कंकालिनी नगरपालिका वडा ११ स्थित समुदायिक भवनमा किसानको मुद्दालाई लिएर कोण सभाको आयोजना गरेको थियो । उक्त सभामा वडा अध्यक्ष मोही यादवलाई लक्षित गरी जनमत पार्टीका नेता कार्यकर्ता गालिगलौजमा उत्रे पछि वडा अध्यक्ष पक्षधरले प्रतिवाद गर्दा कार्यक्रम विथोलिएको नगर प्रमुख साहको भनाई छ ।
उक्त घटनाको विरोधमा जनमत पार्टीले दुई दिन अघि एक प्रेस विज्ञप्ती मार्फत किसानहरुको पक्षमा भईरहेको सभालाई वडा अध्यक्षले भाड्ने काम गरेको. र त्यसमा नगर प्रमुख साहको पनि भुमिका रहेको आरोप लगाएको थियो । उक्त विज्ञप्ती मार्फत जनमत पार्टीले नगर प्रमुख साह कै निर्देशनमा आप्mना आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी झुठा मुद्दा चलाएको आरोप समेत लगाएको थियो ।
उक्त आरोपको खण्डन गर्दै नगर प्रमुख साहले आफु र आफनो पार्टी किसानको हितका लागी लड्दै आएको दाबीका साथ जनमत पार्टीद्वारा लगाइएको सो आरोपमा कुनै सत्यता नभएको भनी पत्रकार सम्मेलन मार्फत स्पष्ट पारे ।
जनमत पार्टीका कार्यकर्तालाई प्रहरी लगाएर आफुले पक्राउ गराएको भन्ने आरोप समेत अस्विकार गर्दै उनले प्रहरीले अनुसन्धानका लागी कसैलाई पक्राउ गर्छ भने त्यसमा आफूलाई जोड्नुको कुनै औचित्य नरहेको बताए ।
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह
सारांश
- आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जनमत पार्टीद्वारा आफु र आफ्नो पार्टीलाई किसान विरोधी भनी लगाइएको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् ।
- उनले किसानको समस्याबारे आफु पूर्ण जानकार रहेको बताउदै यसका लागी नगरपालिकाको श्रोत साधनले भ्याए सम्म सहयोग गरिरेको दाबी समेत गरे ।
- गत पुष १० गते शनिवारका दिन जनमत पार्टीले हनुमानगर कंकालिनी नगरपालिका वडा ११ स्थित समुदायिक भवनमा किसानको मुद्दालाई लिएर कोण सभाको आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया