राजविराज÷नेपालमा रसायन शास्त्र तथा जिव रसायन शास्त्रका एक अब्बल वरिष्ठ बैज्ञानिक तथा अनुसन्धानकर्ता प्रा.डा. विश्वनाथ अग्रवालको शनिबार राती निधन भएको छ ।
रौतहटको गौर नगरपालिका १ निवासी प्रा.डा. अग्रवालको ललितपुरको सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखी अस्वस्थ थिए ।
नेपालबाट रसायन शास्त्रमा उनी पहिलो फुल ब्राइट स्कलर हुन् । साथै उनले जर्मनको हम्बर्ड स्कलर पनि प्राप्त गरेका थिए । स्व. प्रा.डा. अग्रवाल त्रिभुवन विश्वविद्यालयमा फिजिकल केमिस्ट्रिका अवकाश प्राप्त प्राध्यापक हुन् भने पोखरा विश्वविद्यालयले उनलाई बायो केमेस्ट्रिमा मानार्थ प्राध्यापक दिएका थिए ।
नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका उनले नेपालमै पहिलो पटक रिसर्चका लागि (च्ीब्ब्द्य) आरल्याब संचालित गर्ने उनी नै पहिलो व्यक्ति हुन् । उनको सो ल्याबबाट एक सय जना बैज्ञानिकहरु उत्पादन भएका छन् ।
उनले नेपालमा रसायन शास्त्रलाई अगाडी बढाउन ठूलो योगदान दिएका छन् । बि.स. २०६४ सालमा सम्पन्न नेपालको पहिलो संविधान सभाका सदस्य समेत हुन् ।
उनी गैरस्थित मित्रा मेमोरियल स्कुलका संस्थापक समेत हुन भने नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनि वल्र्ड लिंक उनकै छोराले संचालन गरेका हुन् । प्रा.डा. स्व. अग्रवालको दुई छोरा दिलिप अग्रवाल वल्र्ड लिंकका निर्देशक हुन् भने अर्को छोरा मनोज अग्रवाल तथा छोरी राधा अग्रवाल अमेरिकामा चिकित्सक पेशामा छन् ।
नेपालका बरिष्ठ बैज्ञानिक तथा अनुसन्धानकर्ता अग्रवालको निधन
सारांश
- नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका उनले नेपालमै पहिलो पटक रिसर्चका लागि (च्ीब्ब्द्य) आरल्याब संचालित गर्ने उनी नै पहिलो व्यक्ति हुन् ।
- उनको सो ल्याबबाट एक सय जना बैज्ञानिकहरु उत्पादन भएका छन् ।
- उनले नेपालमा रसायन शास्त्रलाई अगाडी बढाउन ठूलो योगदान दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया