सप्तरीकी पूजा मण्डलले स्वर्ण जितिन्

राजविराज राजविराज
|
शनिबार, फाल्गुन २९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सप्तरीकी पूजा मण्डलले स्वर्ण जितिन्

सारांश

  •     सप्तरीकी पूजा मण्डलले स्वर्ण पदक हात पारेकी हुन् भने कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छिन् ।
  •       त्यस्तै महिलातर्फको ४५ केजि सिनियर समूहमा नेपाल प्रहरीकी हिरामोति थारुले स्वर्ण पदक हात पारेकी छिन् ।
  •       यस्तै ४५ केजि महिला यूथतर्फ बर्दियाकी अरुणीमा थारु स्वर्ण, सप्तरीकी अम्बिका यादव रजत र कास्कीकी अनिका गुरुङ कास्य पदक जितेकी छिन् भने ४५ केजिकै महिला जुनियरतर्फ बर्दियाकै अरुणीमा थारु स्वर्ण, दाङकी सम्झना चौधरी रजत र सप्तरीकी काजल सदा कास्य पदक हात पारेकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    राजविराजमा सुरु भएको प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा पहिलो दिन शनिबार ४९ केजि महिला युथतर्फको खेलमा सप्तरीले स्वर्ण पदक हात पारेको छ । 
    सप्तरीकी पूजा मण्डलले स्वर्ण पदक हात पारेकी हुन् भने कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छिन् । 
    त्यस्तै महिलातर्फको ४५ केजि सिनियर समूहमा नेपाल प्रहरीकी हिरामोति थारुले स्वर्ण पदक हात पारेकी छिन् । 
    यस्तै ४५ केजि महिला यूथतर्फ बर्दियाकी अरुणीमा थारु स्वर्ण, सप्तरीकी अम्बिका यादव रजत र कास्कीकी अनिका गुरुङ कास्य पदक जितेकी छिन् भने ४५ केजिकै महिला जुनियरतर्फ बर्दियाकै अरुणीमा थारु स्वर्ण, दाङकी सम्झना चौधरी रजत र सप्तरीकी काजल सदा कास्य पदक हात पारेकी छिन् । 
    महिलाको ४९ केजि सिनियरतर्फ नेपाल प्रहरीकी संगिता राई स्वर्ण र ललितपुरकी उत्साह पाण्डे रजत पदक जितेकी छिन् ।
    ४९ केजि महिला जुनियरतर्फ बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण पदक जितेकी छिन् । यस्तै पुरुष सिनियरको ५५ केजि तौल समूहमा सेनाका तुलाराम महतोले स्वर्ण, नेपाल प्रहरीका गणेश रानाभाटले रजत तथा बर्दियाका रामकुमार थारुले कास्य पदक हात पारेका छन् । 
    उद्घाटन खेलमा बिजेताहरुलाई कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री मातृका प्रसाद यादव तथा बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले पुरस्कार बितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु 
घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी
घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
डा. केसीको समर्थनमा  चिकित्सकहरुद्वारा सबै सेवा ठप्प
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु