पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव

राजविराज राजविराज
|
शुक्रबार, माघ ४, २०८१
|
|
४० पटक हेरिएको
Shares
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव

सारांश

  •     पार्टीका अध्यक्ष डा.
  • सिके राउतकी पत्नी सोनी सिन्धुरानीले सामाजिक सञ्जाल मार्फत नेपाल पत्रकार महासघ शाखा सप्तरीको गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका बैद्यनाथ यादवलाई हराउन जनमत पार्टीले पैसाको चलखेल गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन ।
  •       सप्तरीका सञ्चारकर्मीहरुले फोन मार्फत राखेको जिज्ञासाका जवाफमा प्रवक्ता डा.

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा कसैलाई जिताउन र कसैलाई हराउन आप्mनो पार्टीको कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन । 
    पार्टीका अध्यक्ष डा.सिके राउतकी पत्नी सोनी सिन्धुरानीले सामाजिक सञ्जाल मार्फत नेपाल पत्रकार महासघ शाखा सप्तरीको गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका बैद्यनाथ यादवलाई हराउन जनमत पार्टीले पैसाको चलखेल गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन । 
    सप्तरीका सञ्चारकर्मीहरुले फोन मार्फत राखेको जिज्ञासाका जवाफमा प्रवक्ता डा. यादवले भने “सोनीसिन्धुले पार्टीका बारेमा लगाएको आरोपमा कुनै सत्यता छैन, उहाँ पार्टीको कुनै पदमा हुनुहुन्न, उहाँले बोलेका कुराको जिम्मेवारी पनि उहाँ नै हो ।” उहाँलाई हाम्रा पार्टीका अध्यक्ष डा.राउतको श्रीमतीको रुपमा सबैले चिन्छन उनले थपे–“पार्टीसँग उनको कुनै साइनो छैन ।”
    सोनी सिन्धुरानी आफ्नो पार्टीका अध्यक्ष डा.राउतकी श्रीमती मात्र रहेको बताउँदै डा. यादवले उहाँहरुबीच अहिले सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधिन रहेको जनाए । 
    राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारक्षेत्रलाई जनमत पार्टीले उच्च सम्मान गर्ने गरेको बताउदै उनले पत्रकारको चुनावमा आपृmुहरुले त्यस्तो कुनै गतिविधी नगरेको दाबीका साथ त्यस्तो भ्रामक अफवाह फैलाउने सोनीसिन्धु रानीसँग नै पत्रकारहरुले नै स्पष्टीकरण लिनु पर्ने जनाए । 
    उनले पार्टीको बढदो लोकप्रियतालाई हेर्दै केही व्यक्तिले अफवाह फैलाउने र नीजि तथा पारिवारीक असमझदारीलाई अनावश्यक रुपमा उछालेर सर्वसाधारणमा भ्रम फैलाउने काम गरिरहेको दाबी समेत गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न
बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह
बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार