दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
राजविराजमा संचालित प्रधानमन्त्री कप प्रदेश स्तरिय टि–ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा बारा र सिरहा बिजयी भएका छन ।
पहिलो खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणको उत्कृष्ट प्रदर्शनले १० बिकेटले सर्लाहीलाई पराजित गरेको छ भने सिरहाले महोत्तरीलाई ५७ रनले हराएको छ ।
टस जितेर सर्लाहीले २० ओभरमा ७ बिकेट गुमाई ८० रन को योगफल खडा गरेको थियो । जसमा आरती सिँह ३६ रन बाहेक कुनै पनि खेलाडीले दोहोर अंक पार गर्न सकेनन् ।
बलिँग तर्फ बाराका साना प्रविणले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ बिकेट तथा प्रिंयका गुप्ता, प्रतिमा साह, बन्दना गुप्ताले १÷१ बिकेट हात पारिन । प्रतिउत्तरमा बाराले ८ ओभर १ बल खेल्दै कुनै क्षति बिनानै सो लक्ष्य हात पा¥यो ।
टिमलाई जिताउन साना प्रविणले ३१ बलमा ६ चौका प्रहार गर्दै ४२ रन अविजित खेले भने अर्का खेलाडी अलिसा यादबले २४ रन नटआउट पारी खेले पछि बारा १० बिकेटले जित हात पारेको हो ।
यस्तै मंगलवारै सम्पन्न पहिलो खेलमा टस जितेर सिरहाले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय १३ रनको योगफल खडा गरेको थियो । जसमा सिरहाका संतोषी चौधरीले ३५ तथा आरती चौधरीले २९ रन जोडेका थिए ।
बलिँग तर्फ महोत्तरीकी रोजी खत्री र गोमा आले ३÷३ बिकेट हात पारेका थिए भने हेमा पटेल तथा शोभा आले १÷१ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा महोत्तरीले १६ ओभरमा सबै बिकेट गुमाई ५६ रन मै सिमित रह्यो । जसमा टिमका लागि शोभा आले २१ रन बाहेक कुनै खेलाडी दोहोर अंक पार गर्न सकेनन् ।
यता बलिंग तर्फ सिरहाकी अनुराधा चौधरी र चान्दनी साहले २÷२ बिकेट तथा संतोषी चौधरी, सरस्स्वति चौधरी, आरती चौधरीले १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच संतोषी चौधरी घोषित भइन् ।
बारा र सिरहा बिजयी
सारांश
- पहिलो खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणको उत्कृष्ट प्रदर्शनले १० बिकेटले सर्लाहीलाई पराजित गरेको छ भने सिरहाले महोत्तरीलाई ५७ रनले हराएको छ ।
- टस जितेर सर्लाहीले २० ओभरमा ७ बिकेट गुमाई ८० रन को योगफल खडा गरेको थियो ।
- जसमा आरती सिँह ३६ रन बाहेक कुनै पनि खेलाडीले दोहोर अंक पार गर्न सकेनन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया