डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन

राजविराज राजविराज
|
आइतबार, कार्तिक ४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन

सारांश

  •     ६० वर्षिय चौधरीको आईतवार विहान घरमै हृदयघातबाट निधन भएको परिवारजनले जनाएको छ ।
  • गत स्थानिय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
  •       उनको निधनमा पालिकाले शोक मनाउन आइतवार नगरपालिका र मातहतका सबै कार्यालयमा शोक विदा दिएको नगर प्रमुख रामलखन मुखियाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष प्रितमलाल चौधरीको हृदयघातबाट निधन भएको छ । 
    ६० वर्षिय चौधरीको आईतवार विहान घरमै हृदयघातबाट निधन भएको परिवारजनले जनाएको छ । गत स्थानिय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 
    उनको निधनमा पालिकाले शोक मनाउन आइतवार नगरपालिका र मातहतका सबै कार्यालयमा शोक विदा दिएको नगर प्रमुख रामलखन मुखियाले जानकारी दिए । 
    यस अघि उक्त नगरपालिका वडा ४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो । यस्तै वडा नं.२ का वडाध्यक्ष रहमान मियाँ अहिले सुरक्षा भत्ता अपचलन गरेको आरोपमा कारागारमा छन । जसकारण अहिले १० वडा रहेको डाक्नेश्वरी नगरपालिकाको ३ वटा वडा जनप्रतिनिधी विहिन भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?