सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस

राजविराज राजविराज
|
सोमबार, आषाढ ११, २०८०
|
|
७१ पटक हेरिएको
Shares
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस

सारांश

  •     जितसंगै बजाज खडक वायिरर्यसले ३ लाख रुपैया नगद तथा ट्रफी हात पारेको हो ।
  • यस्तै उपविजेता कंचनरुप राइनोले १ लाख ५० हजार नगद तथा ट्रफी प्राप्त ग¥यो ।
  •       राजविराजस्थित पविमाबीको खेल मैदानमा सोमबार सम्पन्न फाईनल खेलमा बजाज खडक वारिर्यसले कंचनरुप राईनो माथी ४ विकेटको जीत निकाल्दै उपाधी जित्न सफल भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 

    बजाज खडक वारिर्यसले जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिग टि –ट्वान्टी क्रिकेट प्रतियोगिता हात पारेको छ ।
    जितसंगै बजाज खडक वायिरर्यसले ३ लाख रुपैया नगद तथा ट्रफी हात पारेको हो । यस्तै उपविजेता कंचनरुप राइनोले १ लाख ५० हजार नगद तथा ट्रफी प्राप्त ग¥यो । 
    राजविराजस्थित पविमाबीको खेल मैदानमा सोमबार सम्पन्न फाईनल खेलमा बजाज खडक वारिर्यसले कंचनरुप राईनो माथी ४ विकेटको जीत निकाल्दै उपाधी जित्न सफल भएको हो । 
    टस हारेर ब्याटिङ्ग गर्ने अवसर पाएको कंचनरुप राईनोले निर्धारित २० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । जसमा कंचनरुप राईनोका दिलिप नाथले सर्वाधिक ४२, नारायण जोशीले २७, सुमित श्रेष्ठले १७, अमित कुमार यादवले १६, राकेश कामैतले ११ र चित्र बहादुर विष्टले १० रनको योगदान दिए । बलिङ्गतर्फ बजाज खडक वारिर्यसका कप्तान विवेक यादवले ४, गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १÷१ विकेट लिए । 
    १ सय ४६ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बजाज खडक वारिर्यस १९ दशमलव ३ ओभर मै विजय लक्ष्य प्राप्त ग¥यो । बजाज खडक वारिर्यसका लागी विशाल सुसलिङ (अविजित) ले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै साहिल पटेलले २१, राज बर्मा १७, करण बहादुर विक र संदिपले समान १४÷१४ तथा विवेक कुमार यादवले १३ रनको योगदान दिए । बलिङ्गतर्फ कंचनरुप राइनोका चित्र बहादृर विष्टले ३ तथा रासिद खान, नारायण जोशी र पप्पु कुमार यादवले १÷१ विकेट लिए । 
    फाईनल खेलको म्यान अफ द म्याच विजेता टिम बजाज खडक वारिर्यसका विशाल सुसलिङ घोषित भए । यस्तै प्लेर अफ द टुर्नामेन्ट कंचनरुप राईनोका रासिद खान, वेस्ट बलर बजाज खडक वारिर्यसका दिनेश अधिकारी, वेस्ट ब्याट्सम्यान छिन्नमस्ता लाइन्सका सुभक कंसाकार तथा इमेजिङ्ग प्लेयरको अर्वाड बलान विहुल क्रिकेट क्लबका विशाल यादवले प्राप्त गरे । 
    प्रतियोगिता समाप्ती पछी आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयूष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल, मधेश प्रदेश क्रिकेट संघका उपाध्यक्ष सुनिल महासेठ, वडा अध्यक्ष बन्धुलाल दास लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
मादक पदार्थ सेवन गरि साइकल चलाएर घर जाँदै गर्दा लडेर मृत्यु 
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
प्रहरीसँग आउनुस, समस्याको समाधान  हुन्छ ः प्रदेश प्रहरी प्रमुख पाल
प्रहरीसँग आउनुस, समस्याको समाधान  हुन्छ ः प्रदेश प्रहरी प्रमुख पाल