एक महिनामा चार हजार बढी गाँजा बोट फडानी

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी

सारांश

  •     प्रहरीले एक महिनाको अवधिमा विभिन्न स्थानका झण्डै २० विगघा जग्गा र ५ दर्जनभन्दा बढी घर आँगनमा लगाईएको ४ हजार ७ सय ८० गाँजाको बोट फडान गरि नष्ट गरेको जनाएको छ ।
  •       नेपाल तथा शसस्त्र प्रहरीको संयुक्त टोलीले एक महिनाको अवधिमा हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतको स्थानमा अवैध रुपमा लगाइएको ४ हजार ७ सय ८० गाँजाको बोट फँडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       प्रहरीले गाँजा खेती भईरहेको विभिन्न स्थानको पत्ता लगाएर टोली बनाई परिचालन गर्ने गरेको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको गाँजाका बोटहरु फडान गर्ने अभियान सुरु गरेको छ । सो अभियान अन्तरगत प्रहरीले एक महिनाको अवधीमा चार हजार बढी गाँजाका बोटहरु फडान गर्दै नष्ट गरेको छ । 
    प्रहरीले एक महिनाको अवधिमा विभिन्न स्थानका झण्डै २० विगघा जग्गा र ५ दर्जनभन्दा बढी घर आँगनमा लगाईएको ४ हजार ७ सय ८० गाँजाको बोट फडान गरि नष्ट गरेको जनाएको छ । 
    नेपाल तथा शसस्त्र प्रहरीको संयुक्त टोलीले एक महिनाको अवधिमा हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतको स्थानमा अवैध रुपमा लगाइएको ४ हजार ७ सय ८० गाँजाको बोट फँडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले गाँजा खेती भईरहेको विभिन्न स्थानको पत्ता लगाएर टोली बनाई परिचालन गर्ने गरेको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् । उनकै निर्देशनमा प्रहरी र सशस्त्रको संयुक्त टोलीले गाँजा खेती नष्ट गर्ने अभियान नै चलाइएको छ । 
    कतिपयले व्यवसायिक रुपमै यसको खेती गर्दै आएका छन् भने कतिपय करैसाबारीमा मौसमी रुपमा घर खर्च जोहोका लागी यसको खेती गर्दै आएको प्रहरी उपरिक्षक प्रसाईले बताए । 
    एक कृषकका अनुसार भदौ महिनामा व्याड तयार गरी रोपिने गाँजा पुसको अन्तिम साता सम्म विक्री गर्न तयारी हुन्छ । यसरी उत्पादन गरेको गाँजा सिमाबर्ती भारतीय बजारमा प्रति केजी १० हजार रुपैया सम्ममा विक्री हुने गरेको पाइएको छ ।
    सुख्खा र कम सिचाई सुविधा भएको जग्गामा समेत गाँजा फस्टाउने भएकाले प्रहरीले बर्षेनी फँडानी गरेपनि लुकाई छिपाई गाँजा खेतीलाई निरन्तरता दिएको गाँजा खेतीमा लागेका कृषकहरुको भनाई छ ।
    प्रहरी उपरिक्षक प्रसाईले भने, “अभियान अन्तर्गत पहिले गाँजा खेतीको पहिचान गर्न सादा पोशाकका गोप्य खोजीदल खटछन् । त्यसपछि खोजीदलले पहिचान गरेको गाँजा खेती नष्ट गर्न प्रहरी तथा शसस्त्र प्रहरी बलको संयुक्त टोलीले फँडानी र नष्ट गर्ने काम सुरु गर्छन ।” 
    गाँजा तस्करले भरिया मार्फत भारत निकासी गर्ने गरेकाले उनीहरुले प्रयोग गर्ने बाटोमा समेत प्रहरीले निगरानी कडा पारेको एसपी प्रसाईको भनाई छ । 
    पछिल्लो पटक शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको १ हजार ३ सय गाँजाको बोट प्रहरीले फँडानी गरी नष्ट गरिएको छ । 
    अघिल्लो दिन विहिबार पनि प्रहरीले अग्नीसाईर कृष्णाशवरण गाउँपालिकाको विभिन्न वडामा गरी करिब १ विघा जग्गामा लगाईएको ५ सय ७५ गाँजाको बोट फँडानी गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट
प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
लागुऔषध गाँजासहित दुई पक्राउ
लागुऔषध गाँजासहित दुई पक्राउ
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी  गरेको आरोपमा एक वृद्ध पक्राउ
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन