पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 

राजविराज राजविराज
|
मंगलबार, आषाढ ४, २०८१
|
|
५० पटक हेरिएको
Shares
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 

सारांश

  •     सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरीका माइला छोरा २२ वर्षिय प्रविणलाई मानव सेवा आश्रम जनकपुर नामक संस्थाले उद्दार गरेको हो ।
  •       प्रविणको खुटामा बाँधिएको फलामे सिक्रि मधेश प्रदेशका पूर्व शिक्षा मन्त्री समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादवले खोलेका थिए ।
  •       सडकलाई अलपत्र परेका मानवबाट मुक्त र उनीहरुको उपचार गराई उचित व्यवस्थापन गर्ने क्षेत्रमा क्रियाशिल सो संस्थाले उनलाई उपचारका लागि उद्दार गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ असार । 

    औषधी उपचार गराउन नसकेर पाँच वर्षदेखी फलामे सिक्रिमा बाँधेर राखिएका एक युवकको मंगलबार उपचारका लागि उद्दार गरिएको छ ।
    सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरीका माइला छोरा २२ वर्षिय प्रविणलाई मानव सेवा आश्रम जनकपुर नामक संस्थाले उद्दार गरेको हो । 
    प्रविणको खुटामा बाँधिएको फलामे सिक्रि मधेश प्रदेशका पूर्व शिक्षा मन्त्री समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादवले खोलेका थिए । 
    सडकलाई अलपत्र परेका मानवबाट मुक्त र उनीहरुको उपचार गराई उचित व्यवस्थापन गर्ने क्षेत्रमा क्रियाशिल सो संस्थाले उनलाई उपचारका लागि उद्दार गरेको जनाएको छ । 
    मंगलबार उनको घरमै पुगेको आश्रमको सचिव सुमन बर्तौला, आश्रमका मधेश प्रदेश इन्चार्ज विवेक महतो, आश्रमका प्रतिनिधि सन्तोष थापामगर, इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरल लगायतको टोलीले उनको उपचार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रम जनकपुर लगेका छन् । 
    उद्दारका क्रममा मधेश प्रदेशका वन राज्य मन्त्री रन्जु मण्डल, प्रदेश सांसद महेश प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको पनि उपस्थिति रहेको थियो ।
    सुस्त मनस्थितिका आफ्ना छोरालाई आर्थिक अभावका कारण औषधी उपचार गर्न नसकेर एकल महिला समेत रहेकी ६५ वर्षिया आमा एश्वरीले विगत ५ वर्षदेखी छोरा प्रविणलाई खाटमा फलामे सिक्रिले बाँधेर राख्न बाध्य भएकी थिइन् । 
    सुस्त मनस्थितिका छोरालाई चोटपटक नलागोस् र बाहिर गएर कसैसँग झै झगडा नगरोस् भनेर यसरी सिक्रिले बाँधेर राख्नु परेको आमा एश्वरीले बताउँदै आएकी थिइन् । यसरी सिक्रिमा बाँधिएर जिवन बिताइरहेका प्रविण बारे समाचार राजविराज दैनिकमा प्रकाशन भएपछि ध्यानाकर्षण भई उनको उद्दारसहित उपचार ब्यवस्था मिलाउने तयारी भएको आश्रमका मधेश प्रदेश इन्चार्ज महतोले बताए । 
    १७ वर्षको उमेर हुदा अचानक छोरा सुस्त मनस्थिती रोगले पीडित भएका थिए । सो विपतले आफूलाई परेको तनाव कम नहुँदै त्यसको केही दिनपछि नै जेठो छोरा रविन पनि वेपत्ता भएको उनले बताइन् । रवीनको अवस्था हालसम्म अज्ञात छ । 
    कान्छो छोरा संतोष भने हाल काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । एउटा छोरा सुस्त मनस्थितीले विरामी र अर्काे वेपत्ता भएपछि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि चौधरी परिवारमा अर्को विपत्ति आइप¥यो । छोराहरुको शोक मै उनको निधन भएको एश्वरी बताउँछिन । 
    १५÷१६ वर्ष सम्मका हुदाँ छोरा स्वस्थ्य र फुर्तिलो भएपनि १७ वर्षको लाग्दा अचानक समस्या देखिन थालिएको उनले बताईन । सम्पतीको नाममा उनको ३ धुरमा बनेको फुसको २ वटा झुप्रो छन । समस्या परेका वेला सोही जग्गा देखाएर उनले गाउँ कै एक बचत सहकारी संस्थाबाट ५ हजार ५ सय रुपैया ऋण सापटी पनि लिएकी छिन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
सडक दुर्घटनामा ६ जना घाइते
सडक दुर्घटनामा ६ जना घाइते
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह
शम्भुनाथका मेयर र इन्जिनियर दोषि ठहर, जनही ६÷६ महिना कैद र जरिवाना
शम्भुनाथका मेयर र इन्जिनियर दोषि ठहर, जनही ६÷६ महिना कैद र जरिवाना
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै