दैनिक समाचारदाता
सिरहा, ७ पुस ।
जिल्ला प्रहरी कार्यालय सिरहाले तीस वर्ष सजाय पाएर फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले सिरहा नगरपालिका वडा नं. २० लगडिगदियानी निवासी ६८ वर्षिय हिरवा सहनीलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेको सहनीलाई जिल्ला अदालत सिरहामा बुझाई कैद भुक्तानको लागी जिल्ला कारागार सिरहा चलान गरेको जनाएको छ ।
प्रहरीका अनुसार सिरहाको अर्नमा गाँउपालिका ५ बस्ने जगदेव यादवको जाहेरीको आधारमा २०४४ पुस १३ गते जिल्ला सिरहा गाविस कृष्णपुर वडा नं. ८ साविक भई हाल अर्नमा गाँउपालिका ५ स्थित घरमा जाहेरवालाको छोरा रामनाथ यादव र राम चन्द्र यादवलाई गोली हानी हत्या गरेका थियो ।
सोही मुद्दा र २०४४ पुस १७ गते सन्हैठा गाविस वडा नं. २ साविक भई हाल सिरहा नगरपालिका १९ स्थित गागन खोलामा ५÷६ महिनाकी जाहेरवालाको नातिनीलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतले २०६० माघ २८ गतेको १० बर्ष र २० बर्ष गरी जम्मा ३० बर्ष कैद सजाय गरेको थियो ।
तीस वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ
सारांश
- प्रहरीले सिरहा नगरपालिका वडा नं.
- २० लगडिगदियानी निवासी ६८ वर्षिय हिरवा सहनीलाई पक्राउ गरेको हो ।
- प्रहरीले पक्राउ गरेको सहनीलाई जिल्ला अदालत सिरहामा बुझाई कैद भुक्तानको लागी जिल्ला कारागार सिरहा चलान गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया