राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार

राजविराज राजविराज
|
बुधबार, बैशाख १५, २०७८
|
|
२३ पटक हेरिएको
Shares
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले संयुक्त रुपमा उजुरी दिएपछि सो ठगिका घटना बाहिरिएको हो ।
  •       राजविराजस्थित सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित आप्रवासी श्रोत केन्द्रले कानुनी परामर्शसहितको न्याय खोज्दै सिरहाबाट सप्तरी आइपुगेका पीडित यूवाहरुलाई सहयोग उपलब्ध गराएको केन्द्रका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।
  •       पीडितहरुको तर्फबाट केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उजुरीपत्रमा गाउँघरका सोझासाझा बेराजगार यूवालाई बिदेशमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई सप्तरीको रुपनी गाउँपालिका ६ का समसुद्धिन मियाँ लाखौं रकम ठगि गरि फरार भएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख । 
    वैदेशिक रोजगारमा राम्रो काम र आकर्षक तलब दिलाइदिने भन्दै सिरहाका डेढ दर्जन यूवाहरुबाट लाखौं रकम ठगि गरि सप्तरीका एक व्यक्ति फरार भएका छन् । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले संयुक्त रुपमा उजुरी दिएपछि सो ठगिका घटना बाहिरिएको हो । 
    राजविराजस्थित सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित आप्रवासी श्रोत केन्द्रले कानुनी परामर्शसहितको न्याय खोज्दै सिरहाबाट सप्तरी आइपुगेका पीडित यूवाहरुलाई सहयोग उपलब्ध गराएको केन्द्रका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् । 
    पीडितहरुको तर्फबाट केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उजुरीपत्रमा गाउँघरका सोझासाझा बेराजगार यूवालाई बिदेशमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई सप्तरीको रुपनी गाउँपालिका ६ का समसुद्धिन मियाँ लाखौं रकम ठगि गरि फरार भएको उल्लेख छ ।
    यसरी ठगिमा पर्नेहरुमा सिरहा जिल्लाकै बिरेन्द्र यादव, सुनिल कुमार महतो, बैजनाथ सदा, श्याम कुमार यादव, शलेन कुमार यादव, ओमप्रकाश महतो, रामबचन साफी, गुनेश्वर साफी, जिवछ दास, दुर्गानन्द साह, हरेराम यादव, विपिन यादव, रवि कुमार कमैत, सतो कुमार कमैत, शशीकुमार मण्डल, मनोज कुमार साह, अजय कुमार यादव र बिनोद साह छन् ।
    पीडित मध्येका एक सिरहाको लहान नगरपालिका १३ का सुनिलकुमार महतोले ठगि गर्ने व्यक्ति सप्तरीका भएकाले न्यायका लागि आप्रवासी केन्द्रमार्फत राजविराज आइपुगेको बताए । 
    यस्तै ठगिमा परेका अर्का सोही नगरपालिका ११ का मनोजकुमार साहले आफूलाई एक म्यानपावरको एजेन्ट बताउने समसुद्धिनले विदेशमा आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराइदिने भन्दै एक जनासँग १ लाख, अर्कासँग ९० हजार तथा अन्यहरुसँग ३०/३० हजारका दरले कुल ६ लाख ४० हजार रुँपैया ठगि गरि फरार भएको बताए । 
    पीडितहरुको उजुरीको आधारमा तत्कालै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु
आगोले जलेर दुई बालिकासहित तीनको मृत्यु
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल