प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ

राजविराज राजविराज
|
शनिबार, माघ १९, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ

सारांश

  •     भारतीय सीमासँग जोडिएको गोबरगाढामा भारतीय तस्करसँग मिलेर स्थानिय तस्करहरु गाँजा लिएर भारत तर्फ लैजादै गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि त्यहाँस्थित शसस्त्र प्रहरीबल गण नं.
  • ६ बाट राती ८ बजे तिर हतियार सहितको टोली परिचालन गरिएको थियो ।
  •       टोली पुग्दा प्रहरीलाई लक्षित गरी तस्कर समुहको तर्फबाट २ राउण्ड गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी कार्यवाहरु भएको शसस्त्र प्रहरी बल गण नं.

    राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा सशस्त्र प्रहरी र गाँजा तस्करबीच दोहरो गोली हानाहान भएको छ । 
    विशेष सूचनाका आधारमा शुक्रबार राती सशस्त्र प्रहरीको टोली सो स्थानमा पुग्दा तस्करतर्फबाट गोली प्रहार भएपछि जवाफी कारवाहीमा सशस्त्रले गोली चलाएको जनाएको छ । सो घटना पश्चात् एक भारतीय र दुई नेपाली तस्करलाई ४१ किलो अवैध लागू औषध गाँजासहित पक्राउ गरेको सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका उपरिक्षक खेम बहादुर थापाले जानकारी दिएका छन् । 
    पक्राउ पर्नेहरुमा भारत विहार राज्य सिपौल जिल्लाका ६५ बर्षिय उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का हिरा मुखिया तथा ४५ बर्षिय लालबाबु राय रहेको सशस्त्र प्रहरी उपरिक्षक थापाले बताए छन । उनीहरु लामो समयदेखि गाँजा तस्करीमा संलग्न रहेको शसस्त्र प्रहरीको भनाई छ । 
    भारतीय सीमासँग जोडिएको गोबरगाढामा भारतीय तस्करसँग मिलेर स्थानिय तस्करहरु गाँजा लिएर भारत तर्फ लैजादै गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि त्यहाँस्थित शसस्त्र प्रहरीबल गण नं. ६ बाट राती ८ बजे तिर हतियार सहितको टोली परिचालन गरिएको थियो । 
    टोली पुग्दा प्रहरीलाई लक्षित गरी तस्कर समुहको तर्फबाट २ राउण्ड गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी कार्यवाहरु भएको शसस्त्र प्रहरी बल गण नं. ६ का प्रहरी उपरिक्षक थापाले बताए । 
    यद्यपि घटनामा कसैलाई गोली नलागेको उनको भनाई छ । तीन जना घटना स्थलबाटै पक्राउ परेपनि उक्त समुहका बाँकी दुई जना अँध्यारोको फाइदा उठाई सिमापारी भारत तर्फ भाग्न सफल भएको प्रहरी उपरिक्षक थापाको भनाई छ । 
    गोली हानाहान भएको स्थलबाट तस्करीका लागी सेतो बोरामा ठिक्क पारी राखिएको १४÷१४ केजीको प्याकेट गरी ४१ केजी गाँजा बरामद गरिएको र पक्राउ परेका तस्करहरुलाई उक्त परिमाणको गाँजा सहित शनिबार विहान जिल्ला प्रहरीको कार्यालयको जिम्मा लगाइएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए । 
    यता पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी  मिलेर गाँजा खेती नष्ट र सिमा क्षेत्रमा निगरानी बढाउने कामलाई तिब्रता दिएको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
पर्यटन वर्ष २०२२ को शुभारम्भ 
पर्यटन वर्ष २०२२ को शुभारम्भ 
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
कुटपिट गर्दै जग्गा मिचेको आरोप
कुटपिट गर्दै जग्गा मिचेको आरोप
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु