दैनिक समाचारदाता
राजविराज, २ पुस ।
प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उक्त रकम विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि खर्च गरिने उनले बताए ।
यस्तै प्रदेशमा रहेका सबै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालनको जिम्मा पाएको समाजिक विकास मन्त्रालयले तयार गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ भने बन्द रहेको छोरी बिमा अभियानलाई पुनः संचालन गर्ने निर्णय गरेको छ ।
उक्त विश्वविद्यालयको कार्यालय उद्घाटन सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पनि उपस्थिति रहेको थियो ।
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड अनुदान
सारांश
- बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
- उक्त रकम विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि खर्च गरिने उनले बताए ।
- यस्तै प्रदेशमा रहेका सबै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया