कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
७० पटक हेरिएको
Shares
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ८ निवासी शैलेशकुमार दास र निलेशकुमार दास (दाजुभाई)ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेका हुन् ।
  •       दास दाजुभाईले राजविराज नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 

    आफ्नो नम्बरी जग्गाको आधिकारिता सम्बन्धी सिफारिस दुई जनालाई उपलब्ध गराएर कार्यवाहक वडाअध्यक्षले अन्यौलता र थपविवाद सृजना गरेको एक पीडित जग्गाधनीले गुनासो पोखेका छन् । 
    राजविराज नगरपालिका वडा नं. ८ निवासी शैलेशकुमार दास र निलेशकुमार दास (दाजुभाई)ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेका हुन् । 
    दास दाजुभाईले राजविराज नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष जवाहर यादवले बास्तविक जग्गाधनी भएको आफूहरुको पक्षमा सिफारिस उपलब्ध गराएको भएपनि उनी बाहिर गएको मौका छोपी कार्यवाहक वडाअध्यक्ष चन्दर यादवले प्रमाणै बिना सन्दिपकुमार दास समेतलाई सोही जग्गाको सिफारिसपत्र उपलब्ध गराएर थप विवाद उत्पन्न गराएको बताएका छन् । 
    जग्गाको सबै प्रमाण उपलब्ध गराएपछी २०८१ बैशाख १७ गते वडाअध्यक्ष जवाहर यादवले नापी शाखालाई हाम्रो पक्षमा सिफारिस पत्र पठायो पत्रकार सम्मेलनमा शैलेशले भने, “तर, उनी बाहिर गएको मौका छोपी २०८२ कात्तिक २४ गते कार्यवाहक वडाअध्यक्ष चन्दर यादवले विपक्षि सन्दिपलाई समेत सिफरिसपत्र उपलब्ध गराएर झमेला बढाउनुका साथै आफूलाई अनावश्यक दुःख दिने काम गरेको छ ।”
    आफूहरुसँग भएको जग्गाको सबै प्रमाण देखाउँदै उनले कुन आधारमा कार्यवाहक वडाअध्यक्षले विपक्षिलाई सिफारिस उपलब्ध गराएको हो, त्यसको उचित छानबिन गर्नुपर्ने माग समेत गरेका छन् । 
    एउटै जग्गाको दुई–दुई जनालाई सिफारिस उपलब्ध गराएर वडा कार्यालयलले समाधान भन्दा पनि विवाद चर्काउने काम गरेको उनको कथन छ । 
    सप्तरीको मलेठ मौझे गढियामा रहेको गाउँ ब्लकको विभिन्न चार वटा कित्ताको जग्गा पुनितादेवी दासको नाममा नापी भई कायम भएको छ । २०२० असार १४ गते नै अन्सियारहरुबीच अंशबण्डा भई २०२२ सालमा ७ नं. फाँटबारी समेत भरि एकलौटी रुपमा हकभोग चलन गरिरहेको जग्गामा अन्य कसैको अंश नरहेको सबुत प्रमाण रहँदा रहँदै अर्का व्यक्तिलाई समेत सिफारिस उपलब्ध गराउनु आश्चर्यको विषय रहेको दास दाजुभाईको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
सरस्वती पुजामा अश्लील गित गुन्जिए
सरस्वती पुजामा अश्लील गित गुन्जिए
गाँजाका बोटहरु फडानी गर्दै नष्ट
गाँजाका बोटहरु फडानी गर्दै नष्ट
नेकपा एसको वडा कमिटि गठन
नेकपा एसको वडा कमिटि गठन
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन
रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी