सरस्वती पुजामा अश्लील गित गुन्जिए

राजविराज राजविराज
|
शुक्रबार, माघ १३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सरस्वती पुजामा अश्लील गित गुन्जिए

सारांश

  •     बसन्त पञ्चमिको अवसरमा विद्यार्थी, शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापुर्वक मनाउने सरस्वती पुजाको दिन विहीवार र मुर्ती सेलाउने दिन शुक्रवार सम्म जिल्लाको अधिकांश टोलमा मात्र नभई विभिन्न शिक्षण संस्थाहरुमा समेत यी गितहरु गन्जिएको थियो ।
  • दोहरो अर्थ, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दीका अश्लील गितहरुमा विद्यार्थी, शिक्षकहरु रमाइरहेका थिए ।
  •       कतिपय विद्यालयमा शिक्षकहरुको त कतिपय टोलमा बालबालिकादेखि बृद्धबृद्धा सम्मको उपस्थितीमा पनि यस्ता भल्गर गितहरु डिजेमा बजिरहदा र पुजास्थल नजिकै लगाइएको टेलिभिजन स्क्रीनमा चलिरहदा उनीहरु मुकदर्शक झै बनेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ माघ । 

    भोजपुृरी र हिन्दी भाषामा भारतीय गायक र गायिकाहरुले गाएको अश्लिल गितहरुको बोलले विहीवार र शुक्रवार सप्तरीका ग्रामिण र शहरी क्षेत्रका सरस्वती पुजास्थल गुञ्जिएको छ । 
    बसन्त पञ्चमिको अवसरमा विद्यार्थी, शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापुर्वक मनाउने सरस्वती पुजाको दिन विहीवार र मुर्ती सेलाउने दिन शुक्रवार सम्म जिल्लाको अधिकांश टोलमा मात्र नभई विभिन्न शिक्षण संस्थाहरुमा समेत यी गितहरु गन्जिएको थियो । दोहरो अर्थ, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दीका अश्लील गितहरुमा विद्यार्थी, शिक्षकहरु रमाइरहेका थिए । 
    कतिपय विद्यालयमा शिक्षकहरुको त कतिपय टोलमा बालबालिकादेखि बृद्धबृद्धा सम्मको उपस्थितीमा पनि यस्ता भल्गर गितहरु डिजेमा बजिरहदा र पुजास्थल नजिकै लगाइएको टेलिभिजन स्क्रीनमा चलिरहदा उनीहरु मुकदर्शक झै बनेका थिए । 
    केही भरभलादमीले यस्ता भल्गर गितहरु नबजाउन सल्लाह दिए पछी केही युवा विद्यार्थीले तत्कालै रोके पनि अधिकाँशले अटेर गरेका थिए । धार्मिक आस्थाबाट प्रेरित भएर गरिने यस्ता पवित्र कार्यमा पनि अश्लीलताको बाहुल्य हुनुले हाम्रो संस्कृतीमाथी नै आघात पुग्न सक्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन । 
    पुजास्थल र मुर्ती विर्सजनका क्रममा यस्तो अश्लील गित बजाउनु विकृतीको नमुना भएको उनीहरु बताउँछन । “पुजा स्थलामा डिजे लगाएर अश्लील गित बजाउँदा समाजमा विकृती फैलिने थाहा हुदाहुदै पनि सम्बन्धित शिक्षण संस्थाका जिम्मेवार अधिकारीले यसलाई रोक्न नसक्नु आश्र्चय भएको धर्मी हल्फा विकास क्लबका अध्यक्ष एवं समाजसेवी इं सूर्यनारायण यादव बताउँछन् । 
    पुजा स्थलमा परिवारसंग बसेर सुन्न लाज लाग्ने खालको यस्ता गित पुजा जस्तो पवित्रस्थलमा चर्काे साउण्ड थपेर बजाउनुु गलत भएको भन्दै यसमा रोक लगाउनु पर्ने उनले माग गरे । 
    धार्मिक आस्थाबाट प्रेरित भएर गरिने विभिन्न पर्व, त्योहार, पुजा लगायतका पवित्र कार्यमा अश्लीलताको बाहुल्य हुनु् विकृती मात्र होइन, संस्कृती माथी नै आघात पुग्न सक्ने भन्दै स्थानीय बुद्धिजीवीहरुले यस तर्फ बेलैमा ध्यान पु¥याउन सरोकारवाला सबै संग आग्रह गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ