दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
प्रत्येक वर्ष कृष्णअष्टमीका दिन मनाईने भगवान श्रीकृष्णको जन्मोत्सव यस वर्ष पनि पुजापाठ, भजनकिर्तन, कलश यात्रा, नाटक तथा मेला लगायतको आयोजना गरी धुमधाममा साथ मनाइदै छ ।
यस अवसरमा कृष्ण मन्दिरहरुमा विषेश पुजा अर्चना गरिएको छ भने विभिन्न टोलबाट कलश र शोभायात्रा निकालिएको छ ।
राजविराजको मुख्य हाटबजारस्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा श्रीकृष्ण तथा अन्य देवी देवताका कलात्मक मुर्ती निर्माण गरिएको छ । सो मन्दिरमा पुजापाठ गर्न बिहानै देखि भक्तजनको भिड लागेको मन्दिर समितीका सदस्य प्रभात कुमार ललनले जानकारी दिए ।
यस अवसरमा मन्दिर परिसरमा मेलाको समेत आयोजना गरिएको मन्दिर समितीका उपाध्यक्ष विन्देश्वर प्रसाद साह “बिन्दी” ले बताए ।
यस्तै जिल्ला स्थित विभिन्न कृष्ण मन्दिर प्राङ्गनमा आयोजना हुने नृत्य तथा ग्रामिण युवा कलाकारको नाटक हेर्न आगन्तुकहरुको भीड लाग्ने गरेको डाक्नेश्वरी नगरपालिकाका कृष्ण पुजा समितीका सदस्य राजेश्वर रायले बताए ।
जन्मोत्सवको अवसरमा बिहीबार रथयात्रा निकालिने जनाइएको छ ।
कृष्णजन्मोत्सवको रौनक
सारांश
- यस अवसरमा कृष्ण मन्दिरहरुमा विषेश पुजा अर्चना गरिएको छ भने विभिन्न टोलबाट कलश र शोभायात्रा निकालिएको छ ।
- राजविराजको मुख्य हाटबजारस्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा श्रीकृष्ण तथा अन्य देवी देवताका कलात्मक मुर्ती निर्माण गरिएको छ ।
- सो मन्दिरमा पुजापाठ गर्न बिहानै देखि भक्तजनको भिड लागेको मन्दिर समितीका सदस्य प्रभात कुमार ललनले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया