दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
राष्ट्रिय कृषि गणना २०७८ को जिल्ला स्तरिय कृषि गणना सचेतना गोष्ठी सोमबार राजविराजमा सम्पन्न भएको छ ।
जिल्ला कृषि गणना कार्यालय सप्तरीको आयोजनामा आयोजित गोष्ठीमा कृषि गणना कार्यालयका प्रमुख संजयकुमार चौधरीले जिल्लाको १८ वटै स्थानिय तहमा ३ सय २२ वटा गणना क्षेत्र निर्धारण गरिने जानकारी दिए । उनले निर्धारण गरिने क्षेत्रका लागि ३४ जना सुरपरिवेक्षकसहित १ सय ३४ जना गणकलाई तथ्याङ्क संकलन गर्न खटाइने बताए ।
प्रमुख चौधरीले यही चैत २५ गतेदेखी बैशाख ५ गतेसम्म सुपरिवेक्षक र गणकलाई तालिम दिई बैशाख ६ गतेदेखी तथ्याङ्क संकलनका लागि पालिकाहरुमा खटाइने जानकारी समेत दिए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा आयोजित गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बैशाख ६ गतेदेखी कृषि तथ्याङ्क संकलन गरिने
सारांश
- जिल्ला कृषि गणना कार्यालय सप्तरीको आयोजनामा आयोजित गोष्ठीमा कृषि गणना कार्यालयका प्रमुख संजयकुमार चौधरीले जिल्लाको १८ वटै स्थानिय तहमा ३ सय २२ वटा गणना क्षेत्र निर्धारण गरिने जानकारी दिए ।
- उनले निर्धारण गरिने क्षेत्रका लागि ३४ जना सुरपरिवेक्षकसहित १ सय ३४ जना गणकलाई तथ्याङ्क संकलन गर्न खटाइने बताए ।
- प्रमुख चौधरीले यही चैत २५ गतेदेखी बैशाख ५ गतेसम्म सुपरिवेक्षक र गणकलाई तालिम दिई बैशाख ६ गतेदेखी तथ्याङ्क संकलनका लागि पालिकाहरुमा खटाइने जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया