सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २६, २०७८
|
|
७२ पटक हेरिएको
Shares
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 

सारांश

  •     एघारौं शाखा अधिवेशन तथा साधारण सभाबाट गठन हुने नयाँ कार्य समितिका लागि शुक्रबार दुबै जनाले आ–आफ्नो समूह बनाएर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
  •       अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा शंकर दासको समूहबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् ।
  • उक्त समूहबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
    सप्तरी उद्योग बाणिज्य संघको मंसिर ४ गते हुने निर्वाचनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष शंकर दास र उद्योगि लालुप्रसाद अग्रवालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 
    एघारौं शाखा अधिवेशन तथा साधारण सभाबाट गठन हुने नयाँ कार्य समितिका लागि शुक्रबार दुबै जनाले आ–आफ्नो समूह बनाएर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 
    अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा शंकर दासको समूहबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो समूहबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।  
    यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार लालुप्रसाद अग्रवाल र उनको समूहबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् । उक्त समूहबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् । 
    यस्तै उद्योग उपाध्यक्षतर्फ बासुदेव साह समेतले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यतर्फ दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । 
    निर्वाचन समितिका संयोजक रामकुमार यादवका अनुसार १४ पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाभरिका १ हजार ३ सय २१ जना मतदाता रहेको जानकारी दिँदै उनले उक्त दिन हुने निर्वाचनका लागि राजविराजस्थित केअमाबिको प्राङ्गणलाई निर्वाचन स्थल तोकिएको बताए । 
    नयाँ निर्वाचनबाट एक जना अध्यक्ष, एक जना उधोग उपाध्यक्ष, एक जना बाणिज्य उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष, ६ जना सदस्य तथा एक जना महिला सदस्य गरि १४ जना निर्वाचित हुने प्रावधान रहेको निर्वाचन समितिका सदस्य सतिश दत्तले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव