नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
१९ पटक हेरिएको
Shares
नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा

सारांश

  •     भारतीय सीमासंग जोडिएका पालिकाका जनप्रतिनिधि, नागरिक अगुवा तथा सञ्चारकर्मीहरुलाई सहभागी गराई बिहीबार सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराजस्थित कार्यालयमा आयोजना गरेको “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
  •     सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीका गणपति प्रहरी उपरीक्षक रोशन वुढाथोकीले सप्तरीका १८ मध्ये ७ पालिका भारतीय सीमासँग जोडिएको जानकारी दिए ।
  •       “नेपाल–भारत सीमा अन्तर्गत सप्तरीका दशगाजा क्षेत्रमा ६ सय ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा अहिले १ सय ७० वटा मात्र छ ।

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।

    सप्तरीसँग जोडिएको नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायब रहेको छ । ६ सय ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा हाल १ सय ७० वटा मात्र छ । अधिकांश सीमास्तम्भ गायव भएको पाइएको छ । 
    भारतीय सीमासंग जोडिएका पालिकाका जनप्रतिनिधि, नागरिक अगुवा तथा सञ्चारकर्मीहरुलाई सहभागी गराई बिहीबार सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराजस्थित कार्यालयमा आयोजना गरेको “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
    सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीका गणपति प्रहरी उपरीक्षक रोशन वुढाथोकीले सप्तरीका १८ मध्ये ७ पालिका भारतीय सीमासँग जोडिएको जानकारी दिए । 
    “नेपाल–भारत सीमा अन्तर्गत सप्तरीका दशगाजा क्षेत्रमा ६ सय ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा अहिले १ सय ७० वटा मात्र छ ।” उनले भने, “कायम रहेका कतिपय सीमास्तम्भ पनि जिर्ण अवस्थामा रहेकाले मर्मत गर्नुपर्ने अवस्थामा छ ।”
    दुबै देशका प्राविधिक टोलीको सहमतिमा मात्र यसरी सीमास्तभ राख्न सकिने समझौता भएकाले सोका लागि पनि पहल थालिएको उनको कथन छ । उनले सीमा अपराध नियन्त्रणका लागि भारतीय सीमासंग जोडिएका सबै पालिकामा स्थानिय जनप्रतिनिधि र समाजका अगुवालाई समेटेर सीमा सहजिकरण समिति गठन गरिएको जानकारी पनि दिए ।
    सीमा अपराध नियन्त्रण, सीमासुरक्षाको महत्व र सीमाबासीको समस्याको पहिचान तथा सुझाव संकलन गरी आवश्यक रणनीति बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमका सहभागी अधिकांश वक्ताले दशगजा क्षेत्रमा गायव भएका सीमास्तम्भको पुनर्निमाणमा जोड दिनुका साथै चोरी तस्करी, लागुऔषध ओसारपोसार नियन्त्रण तथा लामो समयदेखि बन्द रहेका सप्तरीका छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
    छोटी भन्सार कार्यालयहरु सञ्चालनमा आउन नसक्दा सीमानाकाबाट भन्सार छली तथा चोरी तस्करी मौलाउनुका साथै राजस्व पनि कम उठ्न थालेको उनीहरुको तर्क थियो ।
    कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, विभिन्न वडाका वडाध्यक्ष तथा सञ्चारकर्मीहरुले सीमाक्षेत्रका विभिन्न समस्या उठान गर्दै आ–आफ्नो सुझाव राखेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
डाका मुद्दाका फरार अभियुक्त पक्राउ
डाका मुद्दाका फरार अभियुक्त पक्राउ
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो 
सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो 
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल