ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप

राजविराज राजविराज
|
बिहिबार, माघ १८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप

सारांश

  •     बिहीबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि चौधरीले भगतमाथी उक्त आरोप लगाएका हुन् ।
  • आफूले २०७३ सालमा भगतसँग २२ लाख नगद लिए वापत ट्राफिक चौक स्थित राजमार्गमा रहेको १२ धुर जग्गा धितो स्वरुपम राजीनामा गरिदिनुका साथै १५ लाखको तमसुक समेत गरि दिएको बताए ।
  •       भगतले २०७४ सालमा उक्त २२ लाख रकम वापतको ब्याज स्वरुप ६ लाख रकम माग गरेको बताउँदै चौधरीले पुनः पटक पटक गरि ५ लाख रकम भगतबाट लिएवापत १० लाख बराबरको फेरी तमसुक बनाइदिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 

    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी महेश प्रसाद चौधरीले सोही नगरपालिका वडा नम्बर ४ निवासी महेश भगतले आफूसँग जालसाजी गरेको आरोप लगाएका छन् । 
    बिहीबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि चौधरीले भगतमाथी उक्त आरोप लगाएका हुन् । आफूले २०७३ सालमा भगतसँग २२ लाख नगद लिए वापत ट्राफिक चौक स्थित राजमार्गमा रहेको १२ धुर जग्गा धितो स्वरुपम राजीनामा गरिदिनुका साथै १५ लाखको तमसुक समेत गरि दिएको बताए । 
    भगतले २०७४ सालमा उक्त २२ लाख रकम वापतको ब्याज स्वरुप ६ लाख रकम माग गरेको बताउँदै चौधरीले पुनः पटक पटक गरि ५ लाख रकम भगतबाट लिएवापत १० लाख बराबरको फेरी तमसुक बनाइदिएको जानकारी दिए । चौधरीले सम्पूर्ण रकम जोडर भगतसँग जम्मा ३३ लाख रकम लिएको स्वीकार गर्दै २०७६ सालमा १२ लाख ४५ हजार रकम फिर्ता गरेको सुनाए । 
    यता सरकारले तमसुक कागज प्रमाणित गर्न वडा कार्यालय मार्फत २०८० माघ ११ गतेसम्मको समय दिए अनुसार भगतले २५ र १० लाख उल्लेखीत तमसुक प्रमाणित गर्न माघ ९ गते वडा कार्यालय पुगेका थिए । सो वडा कार्यालयमा चौधरीले आफूले १२ धुर जग्गा धितो स्वरुप राजीनामा गरिदिएको र १२ लाख ४५ हजार रकम समेत बुझाएको उल्लेख गरि तमसुक प्रमाणित गर्न आग्रह गर्दा उनले मौखिक रुपमा एउटा सम्झौता पत्र बनाइदिने वडा अध्यक्ष बिजय साहको रोहबरमा सहमति गरेको बताए । 
    चौधरीले वडा अध्यक्ष साहको रोहबरमा सम्झौता पत्र बनाउने सहमति भएपनि लिखित रुपमा सम्झौता पत्र नबनाई वडा कार्यालयले तमसुक मात्र प्रमाणित गरि भगतलाई दिएको प्रति असन्तुष्टि व्यक्त गरे । वडा कार्यालयले एकपक्षिय रुपमा भगतलाई तमसुक प्रमाणित गरि दिएको प्रति आफू अन्यायमा परेकोले न्यायका लागि सबैसँग गुहार गरेका छन् । 
    यता वडा अध्यक्ष साहले सो कागजबारे आफूसँग कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।
    यस्तै पत्रकार सम्मेलनमा सोही वडाकी बलजित कुमारी चौधरीले पनि भगतले आफूमाथी अन्याय गरेको गुनासो पोखेकी छिन् । सात वर्षअघि चौधरीले १ लाख २७ हजार रकम लिए वापत भगतलाई ३ लाख रकम वापतको तमसुक बनाउनुका साथै धितो स्वरुप २ कठठ जग्गा समेत राजीनामा गरिदिएको सुनाइन् । 
    उनले ३० हजार रकम भगतलाई फिर्ता गरिदिएको भन्दै आफूले धितो स्वरुप राखिदिएको २ कठ्ठा जग्गा भगतले स्थानीय फरवार्ड लघु बित्त संस्थामा धितो राखी ५ लाख रकम उठाएको जानकारी दिइन् । हाल चौधरीले फरवार्ड संस्थामा मासिक १६ हजारको दरले रकम बुझाइरहेको जनाइन् । आफूले नलिएको रकमको किस्ता बुझाउनु परिरहेको गुनासो पोख्दै चौधरीले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । 
    सोही पत्रकार सम्मेलनमा भगतबाट अर्का पीडित रुपनी गाउँपालिका ३ निवासी बासुदेव मोचीले २०७२ सालमा २२ हजार रकम लिएको बताउँदै १४ महिनापछि ४५ हजार रकम फिर्ता गरिदिएको सुनाए । उनले २५ हजार रकम लिएवापत भगतलाई ७५ हजारको तमसुक बनाइदिएको mस्भएपनि उनले सो मिन्हा नगरी अहिले आएर तमसुकको आधारमा लेनदेन मुद्दा दर्ता गरेको जनाए । 
    यसैगरि रुपनी ६ का गेनालाल मोची पनि भगतसँग पीडित भएको दुखेसो पोखे । उनले २०६९ सालमा १ लाख रकम लिए वापत २ लाख १२ हजारको कागजात र १ कठ्ठा जग्गा धितो स्वरुप राजीनामा गरिदिएको बताए । दुई सालपछि मोचाीले भगतलाई १ लाख ५ हजार र उनको घरमा ३ लाख ५ हजार रकम बराबरको राजमिस्त्रीको काम गरिदिएको भएपनि अहिले सो जग्गा फिर्ता गर्न माग गर्दा भगतले तमसुकको आधारमा लेनदेन मुद्दा दर्ता गरेको सुनाए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
थप एक जना संक्रमितको मृत्यु
थप एक जना संक्रमितको मृत्यु
प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव