दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सिटिजन्स बैंक राजविराज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार विद्यालयका छात्राहरुलाई व्याग वितरण गरेको छ ।
बैंकले रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकी भथौलका ७० जना छात्राहरुलाई व्याग वितरण गरेको हो ।
कार्यक्रममा रुपनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले राजविराजबाट आफ्नो गाउँपालिकाको विद्यालयमा सिटिजन्स बैंकले छात्राहरुलाई सहयोग गरेको प्रति आभार प्रकट गरे ।
यस्तै वडा नं. ४ का वडाध्यक्ष छेदी इसरले सिटिजन्स बैंक राजविराजले विद्यार्थीहरुको हौसला बढाएकोमा धन्यवाद दिदै केही दिन भित्रै विद्यालयका सबै बालबालिकाहरुलाई पोशाक वितरण गरिने जानकारी दिए ।
समाजबाटै स्थापित बैंकले समाजका लागि भूमिका निर्वाह गर्नुपर्ने लक्ष्य अनुसार छात्राहरुलाई शिक्षाप्रति प्रोत्साहन गर्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्राहरुलाई व्याग वितरण गरिएको बैंकका प्रबन्धक राजकुमार यादवले बताए ।
कार्यक्रममा सिटिजन्स बैंकका कर्मचारीहरु शंकर कुमार साह, आमेन्द्र यादव र प्रशान्त देवको पनि उपस्थिति थियो ।
यसैबीच आधारभूत विद्यालयका प्रधानाध्यापक शिवनाराण यादवले टिकालगाई गम्छा ओढाएर बैंकका प्रवन्धक यादव सहित सबै कर्मचारीलाई सम्मान गरेका थिए ।
विद्यालयका छात्राहरुलाई व्याग वितरण
सारांश
- बैंकले रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकी भथौलका ७० जना छात्राहरुलाई व्याग वितरण गरेको हो ।
- कार्यक्रममा रुपनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले राजविराजबाट आफ्नो गाउँपालिकाको विद्यालयमा सिटिजन्स बैंकले छात्राहरुलाई सहयोग गरेको प्रति आभार प्रकट गरे ।
- यस्तै वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया