गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १८, २०८१
|
|
२० पटक हेरिएको
Shares
गायिका साह उर्मिला र अधिकारर्मी  चौधरीलाई बैध–प्रकाश पुरस्कार

सारांश

  •     शुक्रवार मानवअधिकारकर्मी स्व.
  • प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा साह र चौधरीलाई पुरस्कृत गरिएको हो ।
  •       कार्यक्रमका प्रमुख अतिथी उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायधिश बामदेव ज्ञावलीले साह र चौधरीलाई क्रमश ५ औं मैथिली लोकगीत गायन पुरस्कार २०८१ र ९ औं बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८१ प्रदान गरे ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।

    यस वर्षको मैथिली लोकगीत गायनतर्फ सुनिता साह र अधिकारकर्मी तर्फ दिलिप चौधरी पुरस्कृत भएका छन । 
    शुक्रवार मानवअधिकारकर्मी स्व.प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा साह र चौधरीलाई पुरस्कृत गरिएको हो । 
    कार्यक्रमका प्रमुख अतिथी उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायधिश बामदेव ज्ञावलीले साह र चौधरीलाई क्रमश ५ औं मैथिली लोकगीत गायन पुरस्कार २०८१ र ९ औं बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८१ प्रदान गरे । 
    मैथिली लोकगायन क्षेत्रमा योगदान गरेवापत राजविराज ३ की ३० वर्षिया साह र अधिकार क्षेत्रमा योगदान गरेवापत रुपनी गाउँपालिका ६ का ५५ वर्षिय चौधरीलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संस्थापक एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिए । 
    २०७१ सालमा इन्सेकद्वारा ५० हजार राशी पुृरस्कार भएको प्रकाश–बैद्य मानवअधिकार पुरस्कार प्राप्त गरेका झाले सोही रकम र आमा चन्द्रादेवी झाको समाजिक सुरक्षा भत्ता वापतबाट प्राप्त हुने रकमबाट ५० हजार थपेर १ लाख रुपैयाको पुृरस्कार कोष नै स्थापना गरेका थिए । 
    सोही कोषबाट प्रत्येक वर्ष उक्त दुबै पुरस्कार वितरण गरिदै आएको कोषका संस्थापक झाले बताए । इन्सेक सप्तरी प्रतिनीधी मनोहर पोखरेलद्वारा संचालित कार्यक्रममा मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, पूर्व निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्ध नारायण सहनी, इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, बरखगणका गणपती रमेश पाण्डे, प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चाय लगायतले शुभकामना दिएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हस्तलेखन कलाले जगाएको उत्साह
हस्तलेखन कलाले जगाएको उत्साह
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
एचआइभी संक्रमित तथा उनका परिवारजनलाई राहत
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन