भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित

राजविराज राजविराज
|
बिहिबार, बैशाख ३, २०८३
|
|
४९ पटक हेरिएको
Shares
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित

सारांश

  •     सप्तरी र सिरहा जिल्लालाई लक्षित गरी श्री नं.
  • २७ वाहिनी अड्डा अन्तरगत सिरहाको चोहर्वा स्थित श्री नन्दाबक्स गण हेड क्वाटरलाई उपकेन्द्रको रुपमा खडा गरी भूपु सैनिक सम्मेलन संचालन गरेको राजविराजस्थित सेनाको बरख गणले जनाएको छ ।
  •       सैनिकहरु बाहालमा रहदा लामो समयसम्म सेवामा रही अवकाश प्राप्ति पश्चात पुनः नेपाली सेनामा भूपु सम्मेलन मार्फत जोडिन सप्तरी जिल्लाबाट ३ सय ५२ जना भूपु सैनिकहरुको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख । 

    नेपाली सेनाको भूपु सैनिक सम्मेलन बिहीबार सम्पन्न भएको छ । सेनाले हरेक तीन÷तीन वर्षमा उक्त सम्मेलन गर्दै आईरहेको छ । 
    सप्तरी र सिरहा जिल्लालाई लक्षित गरी श्री नं. २७ वाहिनी अड्डा अन्तरगत सिरहाको चोहर्वा स्थित श्री नन्दाबक्स गण हेड क्वाटरलाई उपकेन्द्रको रुपमा खडा गरी भूपु सैनिक सम्मेलन संचालन गरेको राजविराजस्थित सेनाको बरख गणले जनाएको छ । 
    सैनिकहरु बाहालमा रहदा लामो समयसम्म सेवामा रही अवकाश प्राप्ति पश्चात पुनः नेपाली सेनामा भूपु सम्मेलन मार्फत जोडिन सप्तरी जिल्लाबाट ३ सय ५२ जना भूपु सैनिकहरुको सहभागिता रहेको थियो ।
    उक्त सम्मेलनमा नेपाली सेनामा आफ्नो चार जना सन्ततिलाई नेपाली सैनिक सेवामा सहभागी गराउने जितनी देवी ठाकुरलाई समेत नेपाली सेनाले सम्मान गरिएको बरख गणका गणपति सोभित बहादुर चन्दले जानकारी दिए ।
    सप्तरी जिल्ला अन्तरगत रहेका भूपु सैनिकहरु मध्ये ४ जनालाई ह्वील चियर, १ जनालाई बैसाखी, १ जनालाई ब्लाईड स्टिक प्रदान तथा एक जना भूपु सैनिक आश्रित परिवारलाई लघुवित्त ऋण सुविधाबाट १५ लाखको चेक हस्तान्तरण गरिएको बरख गणका गणपति चन्दले जनाए ।
    सो अवसरमा सप्तरीको बरख गण तथा सिरहाको नन्दाबक्स गणको उल्लेखनिय भुमिका रहेको छ । भूपु सैनिक सम्मेलनको मुख्य केन्द्र महोत्तरीको वर्दिवासस्थित मध्य पूर्वी पृतना हेड क्वाटर रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन  
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन