दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
राजविराजमा जारि तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दोस्रो दिनको खेलमा पर्साले मोरङलाई ५४ रनले तथा डि.आर.सि.ए. धनुषाले सिरहालाई ७ विकेटले पराजित गरेको छ ।
युवा शक्ति क्लव विष्णुपुर ६ द्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थियो ।
जसमा टिमका लागि इमरान सेक ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए । बलिंगतर्पm बिराटनगर स्पोटीङ क्लव, मोरङका मेहबुब इराकी ३ विकेट, सौगात भगतले २ विकेट तथा फिरदोस अंसारी, मिनस थापा, बिधान गोसामी समान १–१ विकेट हात पारेका थिए ।
जवाफमा बिराटनगर ले १७ ओभर ५ बलमा आफ्नो विकेट गुमाउदै ८३ रनमै अल–आउट हुन पुग्यो । जसमा विराटनगरका लागी मुकुन्द यादव २० रन, निरज मुखिया १८ रन र सिदान्त लोहनी १४ रनको योगदन दिएका थिए । बलिँग तर्पm पर्साका अलफाज मंसुरी ३ विकेट तथा साइफल, समसाद, राजा र नसरुदिन समान १–१ विकेट हाथ पारे । सो खेलको म्यान अफ दि म्याच युनाईटेड पर्साका अलफाज घोषित भए ।
यसैगरी सोमबारै सम्पन्न दोस्रो खेलमा सिरहालाई ७ विकेटले पराजित गर्दै धनुषा बिजय भएको छ । टस जितेर ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा७ विकेट गुमाई १०१ रनको योगफल खडा गरेका थियो । जसमा दिपेश दास ३० रन, शैलेन्द्र साह २४ रन र अमित मण्डल १५ रन जोडेका थिए ।
बलिंगतर्पm डि.आर.सि.ए. धनुषाका सैमन राय ३ विकेट, अकाश राय र बिशालले जम्मा २–२ विकेट तथा दिव्यान्सु मलिकले १ विकेट हाथ पारेका थिए । जवाफमा १ सय १ रनको लक्ष्य लिएका डि.आर.सि.ए. धनुषा ले १७ ओभर ३ बल खेल्दै बिजय हात पारेको थियो ।
जसमा हिमांसु दत अविजित रहदै ३६ रन जोडे भन्ने रौनक रतन २१ रन तथा बिशाल सुस्लीङ्गले १९ रनको योगदान दिएका थिए । बलिँग तर्पm सिरहाका मनोज यादव २ विकेट तथा सुमन १ विकेट हात पारेका थिए । सो खेलमा बिजय टिमका सैमन्न राय म्यान अफ दि म्याच घोषित भए ।
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
सारांश
- युवा शक्ति क्लव विष्णुपुर ६ द्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थियो ।
- जसमा टिमका लागि इमरान सेक ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए ।
- बलिंगतर्पm बिराटनगर स्पोटीङ क्लव, मोरङका मेहबुब इराकी ३ विकेट, सौगात भगतले २ विकेट तथा फिरदोस अंसारी, मिनस थापा, बिधान गोसामी समान १–१ विकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया