सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २२, २०७९
|
|
२० पटक हेरिएको
Shares
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै

सारांश

  •     मानव कल्याण, हिन्दु धर्मको रक्षा तथा यसको धार्मिक महत्व बारे चेतना फैलाउन उद्देश्यले महायज्ञको आयोजन ागर्न लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष श्री बाबा सन्यासीले सोमबार महायज्ञ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।
  •       महायज्ञ चैत ५ सम्म चल्ने छ ।
  • भव्य रुपमा हुन लागेको महायज्ञको अनुमानित लागत १० लाख रुँपैया रहेको समितिका कोषाध्यक्ष बद्री अरगरियाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन । 

    सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजरामा फागुन २७ देखी विष्णु महायज्ञ हुने भएको छ । 
    मानव कल्याण, हिन्दु धर्मको रक्षा तथा यसको धार्मिक महत्व बारे चेतना फैलाउन उद्देश्यले महायज्ञको आयोजन ागर्न लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष श्री बाबा सन्यासीले सोमबार महायज्ञ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् । 
    महायज्ञ चैत ५ सम्म चल्ने छ । भव्य रुपमा हुन लागेको महायज्ञको अनुमानित लागत १० लाख रुँपैया रहेको समितिका कोषाध्यक्ष बद्री अरगरियाले जानकारी दिए । 
    महायज्ञमा भारतका ख्यातिप्राप्त यज्ञाचार्य डा. महन्थ जानकी बल्लभ दास बेदान्ती, राधादेवी, स्वामी कल्याण जी महाराज र गोपाल दास लगायतका सन्तमहन्तबाट कथा वाचन र प्रवचन लगायतका धार्मिक कार्यक्रम हुने समितिका सचिव श्याम नारायण झकरैतले बताए । 
    मानव कल्याणका लागि गरिने महायज्ञका लागि लोहजरास्थित सन्यासी थान मैदानमा मूर्ती र पण्डाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
    महायज्ञमा ३ लाख भन्दा बढी भक्तजन सहभागि हुन आउने अपेक्षा गरिएको र सोही अनुसारको तयारी गरिएको उनले बताए । महायज्ञको उद्घाटनका दिन १० हजार भन्दा बढी महिलाको सहभागितामा कलश यात्रा निकालिने समेत आयोजकको तयारी छ । 
    महायज्ञ स्थलमा प्रसिद्ध मूर्तीकार जुक्तिलाल मण्डलद्वारा निर्माण गरिएको विभिन्न देवी देवताका ५५ वटा मूर्ती निर्माण भइसकेको तथा धार्मिक कार्यक्रमका साथै महायज्ञ अवधीभर मनोरन्जनका लागि विभिन्न खेल तमासाको पनि आयोजना हुने आयोजकले जनाएको छ । 
    यस्तौ जिल्लाको डाक्नेश्वरी नगरपालिकामा समेत चैत २ गतेदेखी १३ दिने अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने भएको छ । उक्त महायज्ञको पनि तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष ओमप्रकाश यादवले जानकारी दिएका छन् । उनले पनि मानवकल्याण, विश्व शान्ति तथा हिन्दु धर्मको रक्षाको लागि महायज्ञ गर्न लागिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
रामराजा स्वास्थ विज्ञान प्रतिष्ठानको काम समय भित्रै शुरु हुने ः प्याकुरेल
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन
लालपूर्जा माग गर्दै  राजविराजवासीद्वारा दिनँहु प्रदर्शन