वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर

राजविराज राजविराज
|
मंगलबार, भाद्र २५, २०८१
|
|
४४ पटक हेरिएको
Shares
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर

सारांश

  •     शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको दुई दिने “वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला” मा उनीहरुले यस्तो सहभागिता जनाएक हुन् ।
  •       सहभागिताका क्रममा उनीहरुले जिल्लाका लागि तय गरिएको वार्षिक कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।
  •       जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ भदौं । 

    जिल्लामा शैक्षिकस्तर उकास्न तथा तय गरिएको वार्षिक शैक्षिक कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनका लागि १८ वटै पालिका एकै थलोमा भेला भएका छन् ।
    शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको दुई दिने “वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला” मा उनीहरुले यस्तो सहभागिता जनाएक हुन् । 
    सहभागिताका क्रममा उनीहरुले जिल्लाका लागि तय गरिएको वार्षिक कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् । 
    जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ । कार्यशालामा सशर्त अनुदानमा बित्तिय हस्तान्तरण भएका र स्थानीय तहमा आ.ब. ०८१÷०८२ का लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाईद्वारा तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन बारे व्यापक छलफल गरी सुझाव संकलन समेत गरिएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजयकुमार मण्डलले बताए । 
    शिक्षकले छात्र–छात्रालाई दिने सबै भन्दा उत्तम उपहार नै शिक्षा भएकोले यसमा कसैले पनि लापरवाही गर्नु अन्याय नै हुने भन्दै सहभागिहरुले जिल्लाको शैक्षिकस्तर उकास्न र आ.ब.२०८१÷०८२ का लागि तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने सवालमा इमान्दार प्रयाससहित लक्ष्य प्राप्तिका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मण्डलले आ.ब. २०८१÷०८२ मा जिल्लामा संचालन हुने शैक्षिक गतिविधि तथा सोको कार्यान्वयन प्रक्रिया बारे बिस्तृत जानकारी गराएका थिए । कार्यक्रमका सहभागिहरुले विद्यालय शिक्षा क्षेत्र योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विगतका वर्षहरुका अनुभव, उपलब्धी र कार्यान्वयन क्रममा देखिएका चुनौतिहरुबाट सिकिएका पाठका आधारमा अघि बढ्ने र एकरुपता कायम गर्न सबै मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 
    इकाई प्राविधिक सहायक बिजयकुमार यादवद्वारा स्वागत गरी सुरु भएको कार्यशालामा प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मानव विकास श्रोत केन्द्रकी शाखा अधिकृत मुक्ता देवी पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, पिपिसीकी शिक्षा अधिकृत रंजना चौधरी, तिलाठी कोइलाडी गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रभुषण राय, राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, स्थानीय शिक्षा इकाई संयोजक श्रीलाल सरदार, शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख बिदुर बिक्रम थापा लगायत १८ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुले जिल्लाको शैक्षिक क्षेत्रमा देखिएको समस्या, चुनौती र समाधान बारे आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा
विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी 
राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी 
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह