वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर

राजविराज राजविराज
|
मंगलबार, भाद्र २५, २०८१
|
|
६८ पटक हेरिएको
Shares
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर

सारांश

  •     शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको दुई दिने “वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला” मा उनीहरुले यस्तो सहभागिता जनाएक हुन् ।
  •       सहभागिताका क्रममा उनीहरुले जिल्लाका लागि तय गरिएको वार्षिक कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।
  •       जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ भदौं । 

    जिल्लामा शैक्षिकस्तर उकास्न तथा तय गरिएको वार्षिक शैक्षिक कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनका लागि १८ वटै पालिका एकै थलोमा भेला भएका छन् ।
    शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको दुई दिने “वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला” मा उनीहरुले यस्तो सहभागिता जनाएक हुन् । 
    सहभागिताका क्रममा उनीहरुले जिल्लाका लागि तय गरिएको वार्षिक कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् । 
    जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ । कार्यशालामा सशर्त अनुदानमा बित्तिय हस्तान्तरण भएका र स्थानीय तहमा आ.ब. ०८१÷०८२ का लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाईद्वारा तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन बारे व्यापक छलफल गरी सुझाव संकलन समेत गरिएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजयकुमार मण्डलले बताए । 
    शिक्षकले छात्र–छात्रालाई दिने सबै भन्दा उत्तम उपहार नै शिक्षा भएकोले यसमा कसैले पनि लापरवाही गर्नु अन्याय नै हुने भन्दै सहभागिहरुले जिल्लाको शैक्षिकस्तर उकास्न र आ.ब.२०८१÷०८२ का लागि तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने सवालमा इमान्दार प्रयाससहित लक्ष्य प्राप्तिका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मण्डलले आ.ब. २०८१÷०८२ मा जिल्लामा संचालन हुने शैक्षिक गतिविधि तथा सोको कार्यान्वयन प्रक्रिया बारे बिस्तृत जानकारी गराएका थिए । कार्यक्रमका सहभागिहरुले विद्यालय शिक्षा क्षेत्र योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विगतका वर्षहरुका अनुभव, उपलब्धी र कार्यान्वयन क्रममा देखिएका चुनौतिहरुबाट सिकिएका पाठका आधारमा अघि बढ्ने र एकरुपता कायम गर्न सबै मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 
    इकाई प्राविधिक सहायक बिजयकुमार यादवद्वारा स्वागत गरी सुरु भएको कार्यशालामा प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मानव विकास श्रोत केन्द्रकी शाखा अधिकृत मुक्ता देवी पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, पिपिसीकी शिक्षा अधिकृत रंजना चौधरी, तिलाठी कोइलाडी गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रभुषण राय, राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, स्थानीय शिक्षा इकाई संयोजक श्रीलाल सरदार, शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख बिदुर बिक्रम थापा लगायत १८ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुले जिल्लाको शैक्षिक क्षेत्रमा देखिएको समस्या, चुनौती र समाधान बारे आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
आप्रवासी कामदारहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
आप्रवासी कामदारहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै
प्रेम विवाह गरेर अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी