दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
एक १४ वर्षिया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले कैद र जरिवानाको फैसला गरेको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलासले डाक्नेश्वरी नगरपालिका ३ निवासी ४१ वर्षिय हुलास प्रसाद साहलाई बाल विवाह र बहु विवाहको आरोपमा एक वर्ष कैद र १५ हजार जरिवानाको फैसला गरेको हो ।
जनकपुरको बिणादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका साहले २०७२ साल जेठ १५ गते सप्तरीको कंचनरुप नगरपालिका ६ की १४ वर्षिया बालिकासँग दोश्रो विवाह गरेका थिए ।
जेठी श्रीमतीसँग दुई वटा छोरी मात्र भएको र छोरा नभएको तर्क दिँदै आरोपित साहले बालिकासँग दोश्रो विवाह गरेका थिए ।
विवाहित हुँदा हुदै नाबालिकसँग अर्को विवाह गरेको भन्दै इन्सेक प्रतिनिधी मनोहर पोखरेलको अगुवाईमा मानव अधिकारकर्मीसहितको टोलीले प्रहरीमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरि प्रहरीले बाल विवाह तथा बहुविवाह मुद्दा अन्तरगत कारवाही प्रक्रिया अगाडी बढाउँदै साहलाई अदालतमा उपस्थित गराएको थियो ।
बाल र बहुविवाहका आरोपीलाई कैद र जरिवाना
सारांश
- उच्च अदालत जनकपुर राजविराज इजलासले डाक्नेश्वरी नगरपालिका ३ निवासी ४१ वर्षिय हुलास प्रसाद साहलाई बाल विवाह र बहु विवाहको आरोपमा एक वर्ष कैद र १५ हजार जरिवानाको फैसला गरेको हो ।
- जनकपुरको बिणादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका साहले २०७२ साल जेठ १५ गते सप्तरीको कंचनरुप नगरपालिका ६ की १४ वर्षिया बालिकासँग दोश्रो विवाह गरेका थिए ।
- जेठी श्रीमतीसँग दुई वटा छोरी मात्र भएको र छोरा नभएको तर्क दिँदै आरोपित साहले बालिकासँग दोश्रो विवाह गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया