दैनिक समाचारदाता
राजविराज, २० साउन ।
दुई देशको नागरिकता लिएर किर्ते गरेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर र उनका श्रीमानबिरुद्ध छानवीनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको छ ।
सो नगरपालिकाकी उपमेयर मिरा कुमारी यादव र उनका श्रीमान महेन्द्र यादवले किर्ते गरी नेपाल र भारत दुबै देशको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार उजुरी परेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिएका छन् ।
उजुरीको बोदार्थ गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ ।
किर्ते गरी दुबै देशको नागरिकता लिएको प्रमाणसहित बुझाइएको उजुरीका उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ । प्रजिअ गौतमले दुबै जनाबिरुद्ध उजुरी परेकोले शुक्रबारदेखी वास्तविक्ता बारे बुझ्ने काम भइरहेको बताए ।
उजुरीमा किर्ते गरी नेपाली नागरिकता लिने उपप्रमुख मिरा र उनका श्रीमान महेन्द्र यादवमाथी नागरिकता ऐन २०६३ को दफा १२ बमोजिमको कारवाही गर्दै पदबाट निलम्बन गरी हदै सम्मको सजाय गर्न माग गरिएको छ ।
मिरा र उनका पती महेन्द्र भारत बिहार राज्य अन्र्तगत मझारी ग्राम पंचायत, अंचल निर्मली जिल्ला सुपौल निवासी भएको दावी समेत उजुरी पत्रमा उल्लेख छ । त्यस्तै उनीहरुको नाममा जारी भएको भारतीय आधार कार्ड तथा भारतको विहार राज्यको विधानसभामा निर्वाचनका लागी प्रयोग हुने मतदाता नामावलीको विवरण समेत उजुरी पत्रमा समावेश गरिएको छ ।
बिहार राज्यको विद्यानसभा निर्वाचन नियमावली २०२२ मा मिराको मतदाता क्रम संख्या ६३३ र उनका पति महेन्द्रको ६३२ रहेको उल्लेख छ । उजुरी पत्रमा उनीहरुले भारत सरकारको निर्वाचन आयोगबाट लिएका फोटो सहितको पहिचान पत्र र सपथ पत्र पनि समावेश गरिएको छ ।
यता उपप्रमुख मिराले भने उक्त आरोप निराधार रहेको दाबी गरेकी छिन् । उनले आफ्नो माईती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र घर डाक्नेश्वरी नगरपालिका मै रहेको बताउँदै विपक्षीले फसाउन यस्तो झुठा कुरा प्रचारमा ल्याएको जिकिर गरिन् । उनले विपक्षीले बुझाएको सबै प्रमाण नक्कली रहेको दाबी समेत गरेकी छिन् ।
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
सारांश
- सो नगरपालिकाकी उपमेयर मिरा कुमारी यादव र उनका श्रीमान महेन्द्र यादवले किर्ते गरी नेपाल र भारत दुबै देशको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार उजुरी परेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिएका छन् ।
- उजुरीको बोदार्थ गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ ।
- किर्ते गरी दुबै देशको नागरिकता लिएको प्रमाणसहित बुझाइएको उजुरीका उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया