जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
८७ पटक हेरिएको
Shares
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान

सारांश

  •     राजविराजमा बिहीबार मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी जनयुद्धका क्रममा सहिद भएका १२ जना सहिद परिवारलाई एक–एक लाख नगद तथा दोसल्ला र कदरपत्रबाट सम्मान गरेको हो ।
  •       आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई पनि तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णय भएको बताउँदै पहिलो चरणमा एक–एक लाख र दोश्रो चरणमा बाँकी रकम प्रदान गरिने जानकारी दिए ।
  •       जनयुद्ध र मधेश आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश सरकारले जीविकोपार्जनका लागि आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याइसकेको बताउँदै भविष्यमा समेत प्रदेश सरकारको साधन श्रोतले भ्याएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 
    मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । मधेश सरकारले ती परिवारलाई एक–एक लाख रुँपैया प्रदान गरेको हो ।  
    राजविराजमा बिहीबार मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी जनयुद्धका क्रममा सहिद भएका १२ जना सहिद परिवारलाई एक–एक लाख नगद तथा दोसल्ला र कदरपत्रबाट सम्मान गरेको हो । 
    आयोजित कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई पनि तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णय भएको बताउँदै पहिलो चरणमा एक–एक लाख र दोश्रो चरणमा बाँकी रकम प्रदान गरिने जानकारी दिए । 
    जनयुद्ध र मधेश आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश सरकारले जीविकोपार्जनका लागि आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याइसकेको बताउँदै भविष्यमा समेत प्रदेश सरकारको साधन श्रोतले भ्याएसम्म सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । 
    उनले एक सहिद परिवार, एक रोजगार कार्यक्रम अन्तर्गत सहिद परिवारलाई रोजगारीको अवसरका साथै प्रदेश सरकारबाट दिन सकिने थप सेवा सुविधा पनि दिन थालिएको बताए । 
    मधेश सरकारले माघ ५ गते मधेश आन्दोलनको समझनामा बलिदानी दिवस मनाउँदै आएको छ । सो क्रममा गत माघ ५ गते ५८ जना सहिद परिवारलाई ३–३ लाखका दरले सहयोग प्रदान गरिएको थियो । 
    यस पटकदेखि मधेश प्रदेश सरकारले जनयुद्ध दिवस समेत मनाउँन थालेको छ । जनयुद्ध दिवस फागुन १ गते जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको थियो । सहिद प्रतिष्ठानकी सदस्य कविता ठाकुरले जनयुद्धका क्रममा मधेश प्रदेशबाट ५ सय ४२ जनाले ज्यान गुमाएको र क्रमिक रुपमा सबैले प्रदेश सरकारको उक्त सहयोग प्राप्त गर्ने बताइन् । 
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका सप्तरी इन्चार्ज एवम् संविधानसभा सदस्य अशोककुमार मण्डल ‘अमर’, प्रदेश सभा सदस्य जगत यादव, प्रमिला यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देव लगायतले सहिद परिवारलाई आर्थिक सहयोगसँगै सीप र रोजगार दिएर अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
नागरिकता प्रकरणमा ः उपप्रमुख यादवलाई  अनुसन्धानका लागि पुनः चार दिन म्याद थप
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित
उद्योग दिवसमा पाँच महिलासहित १६ उद्यमी सम्मानित

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु