सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन

राजविराज राजविराज
|
बुधबार, कार्तिक २६, २०७७
|
|
२२ पटक हेरिएको
Shares
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन

सारांश

  •     सबल नेपालको राजबिराजस्थित केन्द्रिय कार्यालयमा अनलाइन तथा स्थलगत कार्यक्रमको माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो ।
  •       सामुदायिक क्षेत्रमा सक्रिय रहेको सबल नेपालका अध्यक्ष जुना गिरीले प्रस्तुत गरेकी बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना सार्वजनिक गरेका थिए ।
  •       सार्वजनिक प्रतिवेदन अनुसार आ.

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
    सबल नेपाल नामक गैरसरकारी संस्थाले बुधबार एक कार्यक्रमबीच आफ्नो १५ औं बार्षिक साधारण सभा राजबिराजमा सम्पन्न गरेको छ । 
    सबल नेपालको राजबिराजस्थित केन्द्रिय कार्यालयमा अनलाइन तथा स्थलगत कार्यक्रमको माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो । 
    सामुदायिक क्षेत्रमा सक्रिय रहेको सबल नेपालका अध्यक्ष जुना गिरीले प्रस्तुत गरेकी बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना सार्वजनिक गरेका थिए । 
    सार्वजनिक प्रतिवेदन अनुसार आ.व. २०७७÷७८ का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन गरेको उल्लेख छ । जस अन्र्तगत समुन्नती कार्यक्रम अन्र्तगत ६ करोड ८५ लाख, खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम अन्र्तगत ६ करोड २५ लाख, सौर्यउर्जा प्रबद्र्धन कार्यक्रम अन्र्तगत १५ लाख १४ हजार, शुद्ध खानेपानी माथी सहज पहुँचको लागि ३५ लाख ५० हजार,  दैवि प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रम तथा सहयोगको लागि ३ करोड ५० लाख, पुर्ण सरसफाइ अभियानका लागि, १ करोड ५० लाख, कृर्षिमा आधारित कार्यक्रमका लागि ४५ लाख ३५ हजार तथा संस्था संचालन तर्फ ६५ ला ९५ हजार खर्च गरिने जनाइएको छ । 
    सोही कार्यक्रममा सबल नेपाललाई बिगतदेखि सहयोग गरेकाका तारा कटुवाल, रंजिता यादव, पुष्पा झा, शिला कर्ण, हिरा ठाकुर र चन्दन यादव लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीहरु नन्दकिशोर चौधरी र केशवराज पन्तलाई समेत सम्मान गरिएको थियो । 
    सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक दिपक कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष आयुश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?