सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन

राजविराज राजविराज
|
बुधबार, कार्तिक २६, २०७७
|
|
७५ पटक हेरिएको
Shares
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन

सारांश

  •     सबल नेपालको राजबिराजस्थित केन्द्रिय कार्यालयमा अनलाइन तथा स्थलगत कार्यक्रमको माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो ।
  •       सामुदायिक क्षेत्रमा सक्रिय रहेको सबल नेपालका अध्यक्ष जुना गिरीले प्रस्तुत गरेकी बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना सार्वजनिक गरेका थिए ।
  •       सार्वजनिक प्रतिवेदन अनुसार आ.

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
    सबल नेपाल नामक गैरसरकारी संस्थाले बुधबार एक कार्यक्रमबीच आफ्नो १५ औं बार्षिक साधारण सभा राजबिराजमा सम्पन्न गरेको छ । 
    सबल नेपालको राजबिराजस्थित केन्द्रिय कार्यालयमा अनलाइन तथा स्थलगत कार्यक्रमको माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो । 
    सामुदायिक क्षेत्रमा सक्रिय रहेको सबल नेपालका अध्यक्ष जुना गिरीले प्रस्तुत गरेकी बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना सार्वजनिक गरेका थिए । 
    सार्वजनिक प्रतिवेदन अनुसार आ.व. २०७७÷७८ का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन गरेको उल्लेख छ । जस अन्र्तगत समुन्नती कार्यक्रम अन्र्तगत ६ करोड ८५ लाख, खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम अन्र्तगत ६ करोड २५ लाख, सौर्यउर्जा प्रबद्र्धन कार्यक्रम अन्र्तगत १५ लाख १४ हजार, शुद्ध खानेपानी माथी सहज पहुँचको लागि ३५ लाख ५० हजार,  दैवि प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रम तथा सहयोगको लागि ३ करोड ५० लाख, पुर्ण सरसफाइ अभियानका लागि, १ करोड ५० लाख, कृर्षिमा आधारित कार्यक्रमका लागि ४५ लाख ३५ हजार तथा संस्था संचालन तर्फ ६५ ला ९५ हजार खर्च गरिने जनाइएको छ । 
    सोही कार्यक्रममा सबल नेपाललाई बिगतदेखि सहयोग गरेकाका तारा कटुवाल, रंजिता यादव, पुष्पा झा, शिला कर्ण, हिरा ठाकुर र चन्दन यादव लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीहरु नन्दकिशोर चौधरी र केशवराज पन्तलाई समेत सम्मान गरिएको थियो । 
    सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक दिपक कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष आयुश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी