दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
प्रदेश २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको महदेवा गाउँपालिकाका चिसोपीडितलाई सोमबार कम्बल प्रदान गरेका छन् ।
मन्त्री साहले आफ्नो लगानीमा सो गाउँपालिकाका ६० जना बृद्धबृद्धा, अपाङ्ग, असक्तलाई एक एक थान कम्बल प्रदान गरेका हुन् ।
मन्त्री साहले राजविराजमा स्थापना गरेको सम्पर्क कार्यालयमा उनीहरुलाई बोलाएर कम्बल बितरण गरेका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले कम्बल बितरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केदार यादव, दिनेश यादव, संचारकर्मी श्यामसुन्दर यादव, मनोजकुमार माझी, चन्दन यादवसमेत सहभागि रहेका थिए ।
पार्टीको महदेव गाउँपालिका कमिटीले ठन्डीका कारण समस्यामा परेकाहरुको विवरण उपलब्ध गराएपछि उनीहरुका लागि सानो सहयोग भएपनि दिन पाएकोमा मन्त्री साहले निकै सन्तुष्टि मिलेको बताए ।
मन्त्री साहद्वारा चिसोपीडितलाई कम्बल प्रदान
सारांश
- मन्त्री साहले आफ्नो लगानीमा सो गाउँपालिकाका ६० जना बृद्धबृद्धा, अपाङ्ग, असक्तलाई एक एक थान कम्बल प्रदान गरेका हुन् ।
- मन्त्री साहले राजविराजमा स्थापना गरेको सम्पर्क कार्यालयमा उनीहरुलाई बोलाएर कम्बल बितरण गरेका थिए ।
- जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले कम्बल बितरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केदार यादव, दिनेश यादव, संचारकर्मी श्यामसुन्दर यादव, मनोजकुमार माझी, चन्दन यादवसमेत सहभागि रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया