जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

राजविराज राजविराज
|
आइतबार, श्रावण ३१, २०७८
|
|
५२ पटक हेरिएको
Shares
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

सारांश

  •     महुली बजारका केही ब्यक्तीले बजारवासीलाई अभद्र ब्यवहार तथा समाजिक सदभाव खलबलाउने खालका गतिबीधी गरेकोमा छानवीन गरी उनीहरुमाथी कारवाहीका लागी पहल गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि वडाअध्यक्ष कुशुम आर्चायले आलटाल गरेको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
  •       आइतबार बिहान कार्यालय खुलेपछि स्थानीय एक पक्षले कर्मचारीलाई बाहिर निकाल्दै ताला लगाएको जनाएका छन् ।
  • जनप्रतिनिधीको उदासिनतालाई लिएर आक्रोसित पक्षले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ साउन । 
    सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउपालिकाको वडा नं. ६ स्थित वडा कार्यालयमा आइतबार स्थानीयहरुले तालाबन्दी गरेका छन् । 
    महुली बजारका केही ब्यक्तीले बजारवासीलाई अभद्र ब्यवहार तथा समाजिक सदभाव खलबलाउने खालका गतिबीधी गरेकोमा छानवीन गरी उनीहरुमाथी कारवाहीका लागी पहल गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि वडाअध्यक्ष कुशुम आर्चायले आलटाल गरेको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 
    आइतबार बिहान कार्यालय खुलेपछि स्थानीय एक पक्षले कर्मचारीलाई बाहिर निकाल्दै ताला लगाएको जनाएका छन् । जनप्रतिनिधीको उदासिनतालाई लिएर आक्रोसित पक्षले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
    महुली बजारका मो.इनामुल आलमले बजारमा अराजक गतिबीधी गर्ने कार्यमा संलग्न समुहलाई झिकाई कार्यवाहीका लागी पहल गर्न पटक पटक लिखित र मौखिक जानकारी गराउदा समेत वडाअध्यक्ष आर्चायले वेवास्ता गरेपछि बाध्य भएर तालबन्दी गर्नु परेको बताए । 
    अर्का स्थानीयवासी रामनारायण मेहताले समाजमा उत्पाद मचाउने समुहमाथी कारवाहीको पहलका  लागी वडा कार्यालयलाई ज्ञापन पत्र तथा गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय महुलीमा समेत सोको बोद्धार्थ पत्र पठाउदा कसैले चासो नदेखाएको गुनासो पोखे । 
    यता वडाअध्यक्ष आर्चायले विवादको मुख्य विषय वडा कार्यालयमा निर्माणाधिन कार्यका लागी गठित उपभोक्ता समितीको कामको विषयलाई लिएर भएको बताएकी छिन् । उनले विपक्षीको उक्साहटमा एक पक्षद्वारा तालबन्दी गरिएको जनाउदै ताला खोलाउन आवश्यक पहल थालिएको जानकारी दिइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर