दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाहमा समस्या देखिएको हुँदा आइतबार र सोमबारका लागि सो सेवा स्थगन गरिएको जनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानद्वारा आइतबार जारि सूचनामा जेनजीको आन्दोलनका क्रममा देशका विभिन्न स्थानका कार्यालयहरुमा तोडफोड र आगजनीका कारण कार्यालय संचालनमा बाध्यात्मक स्थिति सृजना भएकोले हाललाई सो सेवा स्थगन गरिएको उल्लेख छ ।
जारि सूचनामा सिंहदरबार काठमाडौंको विभिन्न मन्त्रालय तथा विभागमा समेत आगजनी तथा तोडफोड भएको कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सर्भरमा समेत समस्या देखिएकोले मर्मत कार्य भइरहेको जनाइएको छ ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
सारांश
- कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानद्वारा आइतबार जारि सूचनामा जेनजीको आन्दोलनका क्रममा देशका विभिन्न स्थानका कार्यालयहरुमा तोडफोड र आगजनीका कारण कार्यालय संचालनमा बाध्यात्मक स्थिति सृजना भएकोले हाललाई सो सेवा स्थगन गरिएको उल्लेख छ ।
- जारि सूचनामा सिंहदरबार काठमाडौंको विभिन्न मन्त्रालय तथा विभागमा समेत आगजनी तथा तोडफोड भएको कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सर्भरमा समेत समस्या देखिएकोले मर्मत कार्य भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया