राजविराज÷जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराज ९ मलेठले शनिबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सितापुरस्थित होटल ग्रिन गार्डेनमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षिय प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक मसान्तसम्ममा ८ सय ९ पुरुष र ७ सय १६ महिला गरि कुल १ हजार ५ सय २५ सदस्य रहेको जानकारी दिए ।
उनले संस्थाको कुल सम्पत्ति २०८०÷८१ सम्ममा १९ करोड ५५ लाख २० हजार ८ सय २१ रुँपैया ६० पैसा रहेको उल्लेख गर्दै १४ करोड ७३ लाख ११ हजार ३ सय २५ रुँपैया ५० पैसा कर्जा लगानी गरिएको प्रतिवेदनमा जनाएका छन् ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी भिमराज यादवको प्रमुख आतिथ्य आयोजित कार्यक्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी, पत्रकार महासंघ सप्तरीका अभ्यक्ष श्रवणकुमार देव, विभिन्न सहकारी संस्थाका अध्यक्ष प्रतिनिधि, राष्ट्रिय सहकारी बैंक जनकपुरका प्रमुख, राजविराजका प्रमुख लगायत संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा संस्थाले नेपाल पत्रकार महासंघ सप्तरीको हालै सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष मण्डलले सम्पूर्ण पदाधिकारीहरुलाई प्रशंसा पत्र तथा गम्छा ओढाएर सम्मान गरे ।
जनज्योतीको १३औं साधारण सभा सम्पन्न, पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान
सारांश
- संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी भिमराज यादवको प्रमुख आतिथ्य आयोजित कार्यक्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी, पत्रकार महासंघ सप्तरीका अभ्यक्ष श्रवणकुमार देव, विभिन्न सहकारी संस्थाका अध्यक्ष प्रतिनिधि, राष्ट्रिय सहकारी बैंक जनकपुरका प्रमुख, राजविराजका प्रमुख लगायत संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
- सोही अवसरमा संस्थाले नेपाल पत्रकार महासंघ सप्तरीको हालै सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
- संस्थाका अध्यक्ष मण्डलले सम्पूर्ण पदाधिकारीहरुलाई प्रशंसा पत्र तथा गम्छा ओढाएर सम्मान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया