दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशीको बितरण प्रक्रियामा धांधली भएको भन्दै शुक्रबार वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
बास्तविक पीडित भन्दा आसेपासे र जनप्रतिनिधि समेतलाई उक्त सहयोग राशीका लागि सिफारिस गरिएको भन्दै राजविराज वडा नं. ४ का आक्रोसित स्थानियले वडा अध्यक्ष दिनेशप्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
वडा कार्यालय अगाडी प्रदर्शनमा उत्रेका सोही वडाका वासिन्दाहरुले कोराना महामारीको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा संगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई राहतस्वरुप उपलब्ध गराउन राजविराज नगरपालिका कार्यालयलाई सिफारिस गरिएका नामावलीमा व्यापक त्रृटी रहेको दाबी गर्दै सोको छानबिन गरि त्रृटी सच्याउनु पर्ने माग गरेका छन् ।
उनीहरुले वडा अध्यक्ष साहले सहयोग राशीका लागि सिफारिस गरेको नामावली विवरणमा वडा सदस्यमा निर्वाचित भएका देखी एकै परिवारका तीन÷तीन जनासम्म समावेश गरिएको बताएका छन् ।
यसअघिका वडा अध्यक्ष अख्तर अली बाबाले गरेको सिफारिसलाई उल्टयाई नर्वनिर्वाचित वडा अध्यक्ष साहले मनपरी ढंगले नयाँ नामावली तयार गरेको तथा बास्तविक पीडितमाथी अन्याय भएको पीडित महिला रधियादेवीको भनाई छ ।
वडा अध्यक्ष साहले अघिल्लो वडा अध्यक्षले गरेको सिफारिसमा एउटै परिवारका दुई जनासम्मको नाम परेकाले नामावलीमा केही संशोधन गरेको बताए । ५३ जनाको नाम मात्र सिफारिस गर्नुपर्ने ठाउँमा ५ सय जनाको आवेदन परेको भन्दै उनले यदी केही त्रृटी रहेछ भने वाडको बोर्ड बैठकमार्फत सच्याउने जानकारी दिए ।
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी
सारांश
- बास्तविक पीडित भन्दा आसेपासे र जनप्रतिनिधि समेतलाई उक्त सहयोग राशीका लागि सिफारिस गरिएको भन्दै राजविराज वडा नं.
- ४ का आक्रोसित स्थानियले वडा अध्यक्ष दिनेशप्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
- वडा कार्यालय अगाडी प्रदर्शनमा उत्रेका सोही वडाका वासिन्दाहरुले कोराना महामारीको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा संगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई राहतस्वरुप उपलब्ध गराउन राजविराज नगरपालिका कार्यालयलाई सिफारिस गरिएका नामावलीमा व्यापक त्रृटी रहेको दाबी गर्दै सोको छानबिन गरि त्रृटी सच्याउनु पर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया