प्रधानमन्त्री कार्यालयको टोली समक्ष गुनासैगुनासो

राजविराज राजविराज
|
मंगलबार, जेठ २१, २०७०
|
|
६८ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्रीमन्त्री तथा मन्त्रीपरिषद्का सचिव सुर्य सिलवालको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारी कार्यालयहरुको अनुगमन गरी सरोकारबालाहरुसँग छलफल गरेको हो ।
  • उच्चस्तरीय टोलीद्वारा जिविससभाहलमा आयोजित छलफल कार्यक्रममा सरोकारबालाहरुले जिल्लाबाट प्रदान हुने सेवा सुबिधाहरु सर्वसधारणहरुले पाउन नसकिरहेको र बिभिन्न सरकारी कार्यालयहरुमा आर्थिक अनियमितता बढेको गुनासो पोख्दै आर्थिक अनियमितता गर्नेमाथि कार्वाही नभएको दुखेसो सुनाएका छन् ।
  • जिल्ला विकास समितिमा कर्मचारीहरुले लिएको पेश्की लामो समयसम्म फछ्र्याैट नभएको गाविस सचिवहरुले समाजिक सुरक्षा भत्ता बितरण नगरी व्यक्तिगत रुपमा खर्च गरेको सरोकारबालाहरुले गुनासो पोखेका थिए ।

दैनिक संवाददाता
राजविराज, २० जेठ ।
सप्तरी जिल्लाबाट प्रदान हुने सेवा सुबिधा र सरकारी कार्यालयहरुको गतिबिधी बारे अनुगमन गर्न सप्तरी आईपुगेको उच्चस्तरीय टोलीले सोमबार जिल्लास्थित सरोकारबालाहरुसँग छलफल गरेको छ ।
प्रधानमन्त्रीमन्त्री तथा मन्त्रीपरिषद्का सचिव सुर्य सिलवालको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारी कार्यालयहरुको अनुगमन गरी सरोकारबालाहरुसँग छलफल गरेको हो ।
उच्चस्तरीय टोलीद्वारा जिविससभाहलमा आयोजित छलफल कार्यक्रममा सरोकारबालाहरुले जिल्लाबाट प्रदान हुने सेवा सुबिधाहरु सर्वसधारणहरुले पाउन नसकिरहेको र बिभिन्न सरकारी कार्यालयहरुमा आर्थिक अनियमितता बढेको गुनासो पोख्दै आर्थिक अनियमितता गर्नेमाथि कार्वाही नभएको दुखेसो सुनाएका छन् ।
जिल्ला विकास समितिमा कर्मचारीहरुले लिएको पेश्की लामो समयसम्म फछ्र्याैट नभएको गाविस सचिवहरुले समाजिक सुरक्षा भत्ता बितरण नगरी व्यक्तिगत रुपमा खर्च गरेको सरोकारबालाहरुले गुनासो पोखेका थिए ।
प्रभावकारी अनुगमनको अभाव, ढिलासुस्ती, जिम्मेवार कर्मचारीले पीसी लिने गरेको तथा विकासीय बजेटबाट राजनीतिक दलका नेताहरुले भागवण्डा खोज्ने गरेको छलफलका सहभागीहरुले टोली समक्ष गुनासो गरे । अनियमितता, काममा व्यापक ढिलासुस्ती तथा कमिशनको कारोबारमा संलग्न व्यक्तिलाई कार्वाही नभएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जिल्लामा अपेक्षाकृत विकास हुन नसकेको बताउँदै सप्तरी जिल्लालाई दरिद्र मानसिकताको संज्ञा दिनुभयो । ‘धेरै ठाउँमा काम ग¥यौं, यहाँको जस्तो दरिद्र मानसिकता कतै हेरिनँ’ उहाँले भन्नुभयो, ‘दरिद्र मानसिकताकै कारण विकासमा समस्या उत्पन्न भएको छ ।’’
उपभोक्ता समिति गठनमा राजनीतिक दलका नेताहरुले हिस्सा खोज्ने गरेको, पार्टी चलाउन बराबर पैसा माग्ने गरेको सार्वजनिक रुपमै सापकोटाले भन्नुभयो । कहिले पनि कार्यालयमा नबसेका सापकोटाले आर्थिक बर्षको अन्त्यमा बस्ने इच्छा जनाएपनि नेताहरुकै कारण बस्न सक्ने वातावरण नभएको आरोप समेत लगाउनुभयो ।
सरोकारबालाहरुको गुनासो सुनेपछि कार्यक्रमममा संक्षिप्त मनत्व ब्यक्त गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्का सचिव सुर्य सिलवालले सरोरकारबालाहरुको गुनासो प्रति आफु गम्भीर रहेको बताउँदै यसको कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
तालाबन्दी र धर्नाका कारण राजविराज  नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका 
डुबेर एक किशोरीको मृत्यु
डुबेर एक किशोरीको मृत्यु
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ
८ बुँदे माग राख्दै कानुन व्यवसायीद्वारा  एक हप्ते दवाबमूलक अभियान सुरु
८ बुँदे माग राख्दै कानुन व्यवसायीद्वारा  एक हप्ते दवाबमूलक अभियान सुरु

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु