दैनिक समाचारदाता
राजविराज, ४ भदौ ।
राजगढ गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष देवेन्द्र साहको बुधबार बिहान निधन भएको छ ।
क्यान्सर रोगले पीडित साहको उपचारका क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिएका छन् ।
उनी २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा जसपाबाट उम्मेदवार भई वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
उनको निधनमा गाउँपालिकाले बुधबार शोक विदा दिइएको छ । निमित्त प्रशासकीय अधिकृत विपिन आचार्यद्वारा बुधबार जारि विज्ञप्तिमा गाउँपालिकाको कार्यालय र मातहत रहेका निकायहरुबाट अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ ।
“समाजसेवी, इमानदार, निष्पक्ष र जनउत्तरदायी व्यक्तित्वका धनी स्व. वडा अध्यक्षले वडावासी र गाउँपालिकाको विकास, सुशासन र सेवाप्रति जुन समर्पण देखाउनुभएको थियो, त्यसलाई हामी सधैं स्मरण गर्नेछौं । उहाँको असामयिक निधनले गाउँपालिका तथा सम्पूर्ण समुदायलाई अपूरणीय क्षति भएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।
सोही विज्ञप्तिमा उनको निधनप्रति गाउँपालिका गहिरो दुःख व्यक्त गर्दै आत्माको चीरशान्तिको कामनाका साथै उनी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
वडाअध्यक्ष साहको निधन
सारांश
- क्यान्सर रोगले पीडित साहको उपचारका क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिएका छन् ।
- उनी २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा जसपाबाट उम्मेदवार भई वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
- उनको निधनमा गाउँपालिकाले बुधबार शोक विदा दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया