सप्तरीका सबै आईसोलेशन वाड खाली

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
२० पटक हेरिएको
Shares
सप्तरीका सबै आईसोलेशन वाड खाली

सारांश

  •     जिल्लामा बुधबार पुष्टी भएका एक संक्रमितसहित ९ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
  • उनीहरु सबै घरमै होम आइसोलेशनमा वसेका छन् ।
  •       कोरोनाका कारण हाल सम्म १ सय ५९ जनाले ज्यानको गुमाएको जिल्लाका सबै आईसोलेशन वाड खाली भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ । 
    कोरोना संक्रमितका लागि निर्माण गरिएको सप्तरीका सबै आईसोलेशन केन्द्र र अस्पतालका शैया खाली भएका छन् । 
    जिल्लामा बुधबार पुष्टी भएका एक संक्रमितसहित ९ जना मात्र सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै घरमै होम आइसोलेशनमा वसेका छन् । 
    कोरोनाका कारण हाल सम्म १ सय ५९ जनाले ज्यानको गुमाएको जिल्लाका सबै आईसोलेशन वाड खाली भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    उनका अनुसार हाल सक्रिय संक्रमित रहेका दुर्ई महिलासहित सबै जनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै होम आईसोलेशनमा वस्ने इच्छा जाहेर गरेकाले सरकारी र स्थानीय तह स्तरबाट निर्माण गरिएका आईसोलेशन वाडका शैयाहरु खाली भएको हो । 
    कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्लास्थित गजेन्द्रनारायण सिह अस्पताल, साईकृष्णा मेडीकल कलेज, युनिक अस्पताल, छिन्नमस्ता अस्पताल, भारदह अस्पताल, शत्रुघन अस्पताल तथा हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका र खडक नगरपालिकाका गरी ९ स्थानमा ३ सय भन्दा बढी बेडको आईसोलेशन वाड संचालनमा ल्याइएको थियो । 
    विगतको तुलनामा हाल संक्रमण दर घटेपनि जोखिम भने कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अझै कडाईका साथ पालना गर्नु पर्ने उनको सुझाव समेत छ ।
    जिल्लामा कोरोनाको पहिलो लहरमा ४१ र दोश्रो लहरमा १ सय १८ गरी १ सय ५९ जनाको ज्यान गएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?