दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दश दिनको अवधीमा २५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका सम्म दुई दर्जन फरार प्रतिवादी पक्राउ गरेको छ ।
पुस १ देखी ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २३ पुरुष र एक महिला गरि २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार उनीहरुबाट १२ वर्ष १० महिना कैद सजाय र १५ हजार ७ सय ४६ रुपैया जरिवाना बापत असुल गर्न बाँकी छ ।
पक्राउ परेका मध्ये कुटपीट मुद्दाका सर्वाधिक १६ जना छन । लुटपीटका ४ तथा गालाी बेइजत मुद्दाका २ जना छन । यस्तै कतर््ब्य ज्यान र मोटरसाईकल चोरी मुद्दाका १÷१ जना छन । पक्राउ परेका मध्ये कुटपीट मुद्दामा २५ रुपैया जरिवाना तोकिएका सप्तरीको रुपनी गाउँपालिका १ का रामविलास यादव पनि छन ।
सप्तरी जिल्ला अदालतले कुटपीट मुद्दामा १० वर्ष अघि उनलाई २५ रुपैया जरिवाना गरेको थियो । तर जरिवाना नबुझाई फरार प्रतिवादी सुचीमा परेका उनलाई अघिल्लो दिन विहीवार प्रहरीले गाउँबाटै पक्राउ गरेको थियो ।
यो संगै चालु आर्थिक वर्षको हाल सम्मको अवधीमा पक्राउ परेका फरार प्रतिवादीको संख्या १ सय ७६ पुगेको छ । अपराध घट्नाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी वसेकाहरु उपर सुराकी र निगरानी बढाए संगै एक पछि अर्काे सफलता मिल्दै गएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिबडाको भनाई छ ।
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई दर्जन फरार प्रतिवादी पक्राउ
सारांश
- पुस १ देखी ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २३ पुरुष र एक महिला गरि २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
- सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार उनीहरुबाट १२ वर्ष १० महिना कैद सजाय र १५ हजार ७ सय ४६ रुपैया जरिवाना बापत असुल गर्न बाँकी छ ।
- पक्राउ परेका मध्ये कुटपीट मुद्दाका सर्वाधिक १६ जना छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया